प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार
वि.सं.२०८१ जेठ १० बिहीवार २२:०२
1.1K
shares
रामेछाप: उमाकुण्ड गाउँपालिका रामेछापको प्रीतिमा किरात सुनुवार समुदायको महान् चाड ष्याँदर पिदार भव्यताका साथ मनाएको छ । करिव पाँच हजार दर्शनार्थीले प्रितीको ष्याँदर चण्डिस्थानमा दर्शन गरेका थिए ।
दर्शनार्थीको उत्साहजनक उपस्थितिमा उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले आधुनिक युगसँगै डिजिटलको जमनाले हाम्रो कला संस्कृति लोभ हुँदै गएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष सुनुवारले गाउँका युवाहरु रोजगारीको शिलसिलामा विदेश पलाएन मुख्य कारण भएको औल्याउँदै अबका दिनमा युवाहरुलाई गाउँमा नै रोजगारीको सिर्जना गर्ने वातावरण मिलाउन आफू लागि परेको बताए । गाउँमा रोजगारीको अवसर सिर्जना भएसँगै आफ्नो कला र संस्कृति पनि जोगिने उनको भनाई थियो ।
यसैगरी चण्डिस्थानको मुख्य थान समेत रहेको उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर सुनुवारले किरात सुनुवार समुदायको महान् चाड ष्याँदर पिदारमा सञ्चाकर्मी लगायत भक्तजनको उत्साहजनक उपस्थितिले आफु गौरन्वित भएको बताए ।
वि.सं.२०८१ जेठ १० बिहीवार २२:०२