YouTube Link

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

Facebook Link

 

काठमाडौं: प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । किराँती प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुशी पार्न हरेक वर्ष यो पर्व उभौली र उधौली गरि दुई पटक मनाइन्छ । वैशाख पूर्णिमाका अवसरमा किरात सुनुवार, राई, लिम्बूले ढोलझ्याम्टाका साथ ष्याँदर र साकेला नाच्दै उभौली पर्व मनाउने गर्दछन् ।

 

किराँतको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किरातहरुले उभौली भन्दछन भने बाली तयार भएपछि बाली घर भित्राईने यामलाई उधौली भन्ने गरिन्छ । यी दुवै याममा किरात समुदायले प्रकृतिको पूजाआजा गरी यो पर्व मनाउने गर्दछन् । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा ष्याँदर साकेला चण्डी नाच नाचिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा भनेर पनि भनिन्छ ।

 

उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुख शान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ । किरात राईहरूको बसोबास रहेको प्रदेश नम्बर १ अन्तर्गतका पूर्वी पहाडी जिल्लाका ओखलढुंगा, धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा बागमती प्रदेशका रामेछाप, सिन्धुली, दोलखा राजधानी काठमाडौँ आदि सहरमा रहेका सुनुवार र राई समुदायले यो पर्व धुमधामका साथ मनाउने गर्छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...