सद्भाव एवं एकताको पर्वको रुपमा मनाईने छठपर्व आजदेखि सुरु

 

काठमाडौं: सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

 

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भन्दछन् । तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

 

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अर्घ्याको रुपमा चढाउने गरिन्छ ।

 

अर्घ्याको दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यलाई अर्घ्या दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

 

छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाइएको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाइएको छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...