Rajshow Bivag

ब्राजिलसँगै विश्व विजेता अर्जेन्टिना पराजित

Departmant of helth services

 

काठमाडौं: फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।

 

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो । पराजितपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात्रामा पनि ब्रेक लागेको छ । अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको खेलमा उरुग्वेलाई जित दिलाउन रोनाल्ड अराउजोले ४१औं र डार्विन नुनेजले ८७औं मिनेटमा गोल गरे ।

 

हारका बाबजुत पनि ५ खेलबाट १२ अंक रहेको अर्जेन्टिना अंक तालिकामा शीर्ष स्थानमा कायम छ । यस्तै तेस्रो जित हात पारेको उरुग्वे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

 

यस्तै अर्को खेलमा लुइस डियाजले दुई गोल गरेपछि कोलम्बियाले ब्राजिलविरुद्ध २-१ को पुनरागमन जित निकालेको छ । गाब्रिएल मार्टिनेलीले चौथो मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगाउन सकेन । कोलम्बियाले अन्तिम १५ मिनेटभित्र दुई गोल गर्दै खेल जित्यो ।

 

जितपछि कोलम्बिया ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । छनोटमा कोलम्बिया अपराजित छ । पराजित ब्राजिलको ५ खेलबाट ७ अंक छ र पाँचौ स्थानमा झरेको छ । छनोटकै अन्य खेलमा बोलिभियाले पेरुलाई २-० ले पराजित गर्दा चिली र पाराग्वे तथा भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि भेनेजुएला ५ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

 

समान ५ अंक रहेको इक्वेडर, पाराग्वे र चिली क्रमश: छैटौं, सातौं र आठौं स्थानमा छ । पहिलो जित निकालेको बोलिया ३ अंक जोडेर नवौँ स्थानमा छ भने जितिविहन पेरु १ अंकसहित दशौँ स्थानमा छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
श्याँदर पिदार यथार्थ: भ्रम र निराकरणको उपाय बारे एक चर्चा परिचर्चा

श्याँदर पिदार यथार्थ: भ्रम र निराकरणको उपाय बारे एक चर्चा परिचर्चा

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४४

१. श्याँदर कि चण्डी ? अर्थ, कारण र सच्चिनुपर्ने कारणः...

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संलग्नतामा पशुपतिनाथको भेटी चोरी, दर्शनार्थीले चढाएको भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संलग्नतामा पशुपतिनाथको भेटी चोरी, दर्शनार्थीले चढाएको भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०५

  काठमाडौं: पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी पशुपतिनाथको...

कोलकाता र हैदरावाद भिड्दै, विजेता टोली फाइनल पुग्ने

कोलकाता र हैदरावाद भिड्दै, विजेता टोली फाइनल पुग्ने

वि.सं.२०८१ जेठ ८ मंगलवार ०९:५४

  एजेन्सी: भारतमा जारी १७औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)...

सडकदेखि सदनसम्म आन्दोलनको तयारीमा नेपाली कांग्रेस

सडकदेखि सदनसम्म आन्दोलनको तयारीमा नेपाली कांग्रेस

वि.सं.२०८१ जेठ ८ मंगलवार ०९:०५

  काठमाडौं: नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:५६

  काठमाडौं: संघीय संसद् अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछन्...

हेर्नुहोस् आज २०८१ जेठ ८ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ८ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२१

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...