Rajshow Bivag

एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माद्वारा घोषणासभा गर्ने तयारी

Departmant of helth services

 

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३-०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा (आरके) ले औपचारिक घोषणासभा गर्ने तयारी गरेका छन ।

 

संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले कतारको राजधानी दोहामा एक विशेष समारोहकाबीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणासभा गर्न लागेका हुन । शर्माले घोषणासभामा कार्ययोजनाहरु समेटेर आफ्ना बाचापत्र सार्वजनिक गर्न लागेका छन ।

 

कतारमा औपचारिक घोषणासभा गर्नुअघि शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए । गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा अभियन्ताहरुसँग सल्लाह सुझाव लिन उनी विश्वका प्राय सबै एनआरएनएको अधिवेसन भएका देशको भ्रमणमा निस्केका थिए ।

 

एक साता भन्दा लामो अमेरिकी क्षेत्रको भ्रमण सकेर उनी अहिले कतार फर्किसकेका छन । विभिन्न देशको भ्रमणमा रहँदा शर्मालाई अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । एसिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित हुने दाबी गरे । उनले भने, “एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ ।”

 

कतारमा औपचारिक घोषणा सभा गर्नुअघि शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए । गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा अभियन्ताहरुसँग सल्लाह सुझाव लिन उनी भ्रमणमा निस्केका थिए ।

 

एक साता भन्दा लामो भ्रमण सकेर उनी अहिले कतार फर्किसकेका छन् । विभिन्न देशको भ्रमणमा रहँदा शर्मालाई अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । एसिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित हुने दाबी गरे । उनले भने, “एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ ।”

 

सबै गैरआवासीय नेपालीहरुबाट सल्लाह सुझाव लिएपछि २ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गरिने कार्यहरुको योजना शर्माले घोषणा सभामा आफ्नो बाचापत्र भनेर सार्वजनिक गर्ने छन् । एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ तारिखदेखि नेपालमा सुरु हुँदैछ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:१६

  काठमाडौं: परमेश्वर मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित ´निस्तार चाडको...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:१६

  काठमाडौं: इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...