YouTube Link

एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माद्वारा घोषणासभा गर्ने तयारी

Facebook Link

 

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३-०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा (आरके) ले औपचारिक घोषणासभा गर्ने तयारी गरेका छन ।

 

संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले कतारको राजधानी दोहामा एक विशेष समारोहकाबीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणासभा गर्न लागेका हुन । शर्माले घोषणासभामा कार्ययोजनाहरु समेटेर आफ्ना बाचापत्र सार्वजनिक गर्न लागेका छन ।

 

कतारमा औपचारिक घोषणासभा गर्नुअघि शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए । गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा अभियन्ताहरुसँग सल्लाह सुझाव लिन उनी विश्वका प्राय सबै एनआरएनएको अधिवेसन भएका देशको भ्रमणमा निस्केका थिए ।

 

एक साता भन्दा लामो अमेरिकी क्षेत्रको भ्रमण सकेर उनी अहिले कतार फर्किसकेका छन । विभिन्न देशको भ्रमणमा रहँदा शर्मालाई अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । एसिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित हुने दाबी गरे । उनले भने, “एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ ।”

 

कतारमा औपचारिक घोषणा सभा गर्नुअघि शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए । गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा अभियन्ताहरुसँग सल्लाह सुझाव लिन उनी भ्रमणमा निस्केका थिए ।

 

एक साता भन्दा लामो भ्रमण सकेर उनी अहिले कतार फर्किसकेका छन् । विभिन्न देशको भ्रमणमा रहँदा शर्मालाई अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । एसिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित हुने दाबी गरे । उनले भने, “एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ ।”

 

सबै गैरआवासीय नेपालीहरुबाट सल्लाह सुझाव लिएपछि २ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गरिने कार्यहरुको योजना शर्माले घोषणा सभामा आफ्नो बाचापत्र भनेर सार्वजनिक गर्ने छन् । एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ तारिखदेखि नेपालमा सुरु हुँदैछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...