Texas College
YouTube Link

एनएफपीजेको २६औँ वार्षिक साधारणसभा सम्पन्न, ८४ वर्षीय श्रीधरलाल ‘वरिष्ठ फोटो पत्रकारिता सम्मान’ बाट सम्मानित

Facebook Link

 

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आफ्नो २६औँ वार्षिक साधारणसभाको अवसरमा ८४ वर्षीय वरिष्ठ फोटो पत्रकार श्रीधरलाल मानन्धर तथा राम गुरुङ, शेखर चौलागाई र प्रवीण श्रेष्ठलाई ‘वरिष्ठ फोटो पत्रकार’बाट सम्मान गरेको छ ।

 

काठमाडौंको तीनकुनेमा शनिबार साँझ आयोजित कार्यक्रमममा प्रमुख अतिथि वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वरिष्ठ फोटो पत्रकार मानन्धरलाई दोसल्ला ओढाएर सम्मान गरे । १० वर्षको उमेरमै क्यामेरा भिरेका मानन्धरले झण्डै ७ दशक फोटो खिचेका थिए ।

 

मानन्धरले २००७ सालदेखि २०७० सम्म फोटोग्राफी गरेका थिए । कला, संस्कृति, खेल, व्यापारिकदेखि प्रेस फोटोग्राफीसम्ममा उनको लामो अनुभव छ । विगत १० वर्षअघिदेखि प्यारालाइसिसबाट ग्रसित मानन्धरले चाहेर पनि क्यामेरा चलाउन नसक्ने भएका छन् । एनएफपीजेको सम्मान ग्रहण गर्न उनी आफ्ना नातीको सहयोगमा कार्यक्रम स्थलमा पुगेका थिए ।

 

 

त्यसैगरी पाँच विधामा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, प्रेसिडेण्ट अवार्ड, माधव थापा साहसिक फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए भने अर्को पाँच विधामा प्रदान गरिने हरिगोपाल प्रधान पुरस्कार तथा पदकमा संस्कृति सम्पदातर्फ रत्न श्रेष्ठ, साहसिक फोटो पत्रकार पुरस्कार कल्पना महर्जन, पर्या-पर्यटनतर्फ अम्बिर तोलाङ्, मनोरञ्जनतर्फ सुरेशकुमार श्रेष्ठ र खेलतर्फ विजय महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो ।

 

 

माधव थापा साहसिक फोटो पत्रकार पुरस्कार नगद १० हजार सहित मुकुन्द कालीकोटेलाई सम्मान गरिएको थियो भने कार्यसम्पादनको आधारमा संस्थाका कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरलाई प्रेसिडेन्ट अवार्डबाट सम्मान गरिएको थियो । सोहि अवसरमा संस्थाले विभिन्न समयमा आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने संघ संस्थालाई सम्मान-पत्र तथा फोटो पत्रकारिता तालिम लिएका विभिन्न व्यक्तिहरुलाई प्रमाण-पत्र प्रदान गरेको थियो ।

 

एनएफपिजे फोटो पत्रकारहरुको २०५३ मा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो संगठन हो । फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहँदै आएको छ ।

 

 

कार्यक्रमका प्रमुख अतिथि मन्त्री महतोले फोटोकारिता मार्फत नेपालको सर्वपक्षीय प्रचार र खबरदारी गर्ने फोटो पत्रकारहरूलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । विशिष्ट अतिथिका रूपमा पुगेका सांसद रामहरि खतिवडाले नेताको घण्टौं लामो भाषणभन्दा फोटो पत्रकारको एउटै फोटोले आम जनमानसमा सशक्त सन्देश पुग्ने बताए ।

 

 

एनएफपीजेका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रमका सभापति सुशील श्रेष्ठले फोटोग्राफीका हस्तीहरूलाई सम्मान र अनुजहरूलाई प्रोत्साहन गर्दै जाने नीति संस्थाको रहेको बताए । कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले अहिलेसम्म संस्थाले गरेका कामको समीक्षासँगै आगामी योजनाबारे प्रकाश पारे भने कोषाध्यक्ष सागर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश  गरेका थिए  ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...