Texas College
YouTube Link

न्यायाधीश अभावका कारण सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

Facebook Link

 

काठमाडौं: क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा नचढाएको हो ।

 

यसअघि असोज १ गते पनि न्यायाधीश अभावका कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो । अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँट मात्रै इजलास बस्नेछ । झन्डै ६ महिनादेखि एक वा अनेक बहानामा पटक पटक पेसी तोकिँदै आएपनि अन्तिम फैसला नभई सर्दै आएको छ ।

 

गत असोज १ गते अगाडि लामिछानको सो मुद्दाको पेशी गत भदौ २१ गतेका लागि तोकिएको थियो । अन्तिम फैसला भनिएको उक्त पेशीका दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’ को यकिन जन्ममिति जनाउने कागज नभएकाले पुनः अर्को माग गर्ने आदेश दिए पछि त्यसपछि कुनै काम कारबाही अघि बढेको थिएन ।

 

यसैबीच सन्दीप विरुद्धको मुद्दाका कारण चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन लामिछानेसँगै जान पाएनन् । यसअघि गत भदौमा पनि मुद्दाको पेसी परेकै कारण सन्दीप एसिया कप खेल्न टोलीभन्दा पछि जानुपरेको थियो । भदौ १० गतेका लागि पेसी तोकिए पनि त्यस दिन मुद्दा हेर्न नभ्याइनेमा राखिएपछि उनी भोलिपल्ट ११ गते पाकिस्तान जान पाएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...