YouTube Link

नेपालको पहिलो राइड-सेयरिङ प्लेटफर्म टुटल सेवा पुनः सुचारु

Facebook Link

 

काठमाडौं: काठमाडौं उपत्यकामा धेरैको मन जितेको नेपालको पहिलो राइड-सेयरिङ प्लेटफर्म टुटलको, नयाँ व्यवस्थापन र सुधारका साथ पुनरआगमनको घोषणा भएको छ । राइड-सेयरिङको निमित्त तयार गरिएको नयाँ एपमार्फत टुटलको सञ्चालन हुनेछ ।

 

काठमाडौंको व्यस्त सडकमा मानिस आवतजावतको माध्यममा क्रान्ति ल्याउने लक्ष्य लिएर पुनः कल्पना गरिएको टुटलले अपेक्षाहरू पार गरी आधुनिक यातायातको नयाँ आयाम सिर्जना गर्न अग्रसर रहनेछ । प्रयोगकर्ता र राइडरको सुरक्षाको महत्त्वलाई विशेष ध्यान दिइएको छ । नेपालको स्वदेशी राइड सेयरिङ प्लेटफर्म टुटलले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित अनुभव सुनिश्चित गर्नुको महत्त्व बुझेको छ ।

 

इभर र ग्राहकलाई बिमा र सुरक्षा कभरेज प्रदान गर्न शिखर इन्स्योरेन्ससँग विशेष साझेदारी गरिएको छ । कम्पनीले प्राविधिक पूर्वाधारलाई परिष्कृत गर्न, सञ्चालनलाई सुव्यवस्थित गर्न, र राइडर र प्रयोगकर्ता दुवैबाट बहुमूल्य प्रतिक्रिया समावेश गर्नमा ध्यान केन्द्रित गरी सबै सरोकारवालालाई थप सहज, भरपर्दो र सुविधायुक्त अनुभव प्रदान गर्न नयाँ एप तयार गरेको हो ।

 

टुटलको नयाँ सुरुवातको रूपमा, टुटल ड्राइभर एप सेप्टेम्बर १, २०२३ बाट डाउनलोड गरी ड्राइभरले आफूलाई दर्ता गर्नको लागि उपलब्ध छ। टुटलमार्फत सवारीहरू लिन टुटल ग्राहक एप सेप्टेम्बर ६, २०२३ देखि डाउनलोडको लागि उपलब्ध हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...