हुने नहुने काम गर्ने अनि दोष चाहिँ हर्क साम्पाङको टाउकोमा लगाउने ?
वि.सं.२०८० भदौ २० बुधवार १३:३७
2.1K
shares
पछिल्लो समय मन्दिर छेवैमा बनेको चर्च र गाईगोरुको विवादले धरान तनावग्रस्त बन्यो । धरान उपमहानगरका मेयरका कारण हर्क साम्पाङ पनि यस प्रकरणमा जोडिए । तर, उनले आफू कुनैपनि आस्थाको विरुद्धमा नभएको र सबैखाले धर्मलाई सम्मान गर्ने बताइरहे । अहिले धरानको माहोल शान्त बनेको अवस्था छ । त्यसो त उपमहानगरको मेयरमा निर्वाचित भएदेखि नै निरन्तर चर्चामा छन् साम्पाङ । स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित उनी जनश्रमदानमार्फत ४२ किलोमिटर टाढाबाट पानी ल्याउन सफल भए । यसबाट उनले निकै प्रशंसा पनि कमाए । तर, साम्पाङको कार्यशैली र सामाजिक सञ्जालमा दिने अभिव्यक्तिले उनलाई निरन्तर विवादमा तानिरहेको छ । यी नै विषयहरुमा केन्द्रित रहेर मेयर हर्क साम्पाङसँग गरेको कुराकानीको सम्पादित अंशः
– धरानका पछिल्ला घटनाक्रमहरुलाई कसरी लिनुभएको छ ?
मैले बुझ्दासम्म यो राजनीतिक इस्यु हो । म स्वतन्त्र उम्मेदवार भएर नगर प्रमुख बनें । यो कुरा मसँग प्रतिस्पर्धा गर्नुभएका दलका प्रतिनिधिहरुलाई ठीक लागेको छैन । त्यसकारणले गर्दा उहाँहरुकै कारण यी सब भइरहेको जस्तो मलाई लाग्छ । तर, यसको डिटेलमा चाहिँ म जान चाहन्नँ । अर्को कुरा, हर्क साम्पाङ धरानको मेयर भएकाले पनि चर्चा भएको होला । तर, यो विशुद्ध राजनीतिक इस्यु हो ।
– धरानको अहिलेको अशान्त परिस्थितिलाई लिएर धेरैले ठूलै घटना घट्नसक्छ भनेर चिन्ता पनि प्रकट गरिरहेको देखिन्छ नि ?
त्यस्तो कुनैखाले घटना घट्दैन । हामी सबै मिलेर बसेका छौं । तपाईंहरु नै रिपोर्टिङका लागि आउनुभएको छ । यहाँ कुनै अप्रिय घटना घटेको, सामाजिक कलह हुँदै गरेको पाउनुभयो त ? तर, मलाई बदनाम गराउन चाहनेहरुले यो विषय उचालेका हुन् । उनीहरु मलाई असफल बनाउन चाहन्छन् । मैले जे काम गरें, त्यसले त मुलुक समृद्ध बन्छ । मुलुक समृद्ध भयो भने गरिब मान्छे धनी बन्छन् । त्यसो हुँदा भोलि राजनीति कसलाई लिएर गर्ने ? उनीहरुलाई त जुलुसमा जाने मान्छे चाहिन्छ । ढुंगा हान्नु भनेर आदेश दिँदा हान्ने मान्छे चाहिन्छ । तोडफोड गर भन्दा तोडफोड गर्ने मान्छे चाहिन्छ । हामी आत्मनिर्भर, स्वावलम्बी र स्वाभीमानी बन्न थाल्यौं भने कसरी शासन गर्ने भनेर कुविचार र कुतत्व सोच्ने समूह व्याप्त छ नेपालमा । यहाँ आउनुभन्दा पहिला म भ्रष्टाचारविरुद्ध, बेतिथि र गुण्डागर्दीविरुद्ध अभियान चलाएर आएको हुँ । म यस स्थानमा कसैले त्यतिकै हावामा जा भनेर आएको होइन । जनताले भोट दिनुभएको हो । त्यसलाई हेर्न जरुरी छ । यहाँ आएपछि पनि म बदलिएको छैन । अहिले पनि अभियान चलाएरै हिँडेको छु । भ्रष्टाचार, अनियमितताविरुद्ध लागेको छु । त्यो कुरा अरुलाई सहनसक्ने स्थिति भएन । यहाँ त भ्रष्टाचार हुनुपर्थ्यो होला ! अनियमितता, बेथिति र विभिन्न खालका समस्याहरु हुनुपर्थ्यो होला ! ती समस्यालाई देखाएर गरिखाने खालको हुनुपर्थ्यो होला ! त्यसो नगरेकाले सबैको टाउको दुःखाइ छ । त्यसले गर्दा आज चर्च कहाँ बन्यो, को मन्दिर गयो, को गुम्बाभित्र पस्यो, कसले के खायो भन्ने कुरा जोडेर मलाई बदनाम गराउन खोजिएको छ । त्यसले केही गर्न सक्दैन ।
– मन्दिर र चर्चका विवाद कसरी निम्तिएको हो ?
यो विषयलाई उचाल्न धरान बाहिरका मान्छे यहाँ आएर लागिपरेका छन् । धरानभित्रका मान्छे पनि लागेका छन् । त्यसरी इस्यु उठाएपछि सबै दोष हर्क साम्पाङमाथि थोपर्ने उनीहरुको नियत छ । बाहिर गएर झगडा गर्ने, मात्ने, हुने नहुने काम गर्ने अनि दोष चाहिँ हर्क साम्पाङको टाउकोमा लगाउने ? यहाँ मलाई असफल बनाउन थुप्रो लागेका छन् । किनभने म एउटा यस्तो कडी बनेर आएको छु । हुन त आफ्नो तारिफ आफैंले गर्न नमिल्ने स्थिति पनि हो । तर, यथार्थ बोल्दा म धरान भित्र/बाहिर एक खालको युटर्न ल्याउने मान्छे भएको कारणले गर्दा मलाई असफल बनाउन खोजिरहेका छन् । मलाई असफल बनाइयो भने ‘हेर है, त्यो पनि त्यस्तै हो’ भनेर पहिलाकै स्थितिमा जान खोज्नेहरुले गतिविधि गरिरहेका छन् ।
– सम्भावित दुर्घटना साम्य पार्न कसरी समन्वय गरिरहनुभएको छ ?
संविधानलाई मैले मान्नुपर्छ । संविधान अनुसार मैले व्यवहार गर्ने होला । अरुलाई पनि गर्न लगाउने होला । हामी यो व्यवस्थामा टेकेर बाँचेका छौं । हामीले सबैको आस्थालाई सम्मान गर्न सक्नुपर्छ । जहाँसम्म चर्च र मन्दिरको कुरा छ, हिजो पनि यहाँ दुवै पक्षलाई बोलाएर बैठक राखें । दुवै पक्षका प्रतिनिधिलाई बोलाएँ । संवाद गराएँ । मलाई धर्मको विषयमा सक्रियतापूर्वक बोल्न मन पर्दैन । कसको धर्म सानो र कसको धर्म ठूलो भन्ने ? कसको धर्म राम्रो र कसको धर्म नराम्रो भन्ने ? सबै आस्थाका कुरा हुन् । म एउटा यस्तो पदमा छु, मैले साझा व्यवहार गर्नुपर्छ । कसैलाई घोच्ने, पेच पर्ने व्यवहार गर्ने मबाट हुनुहुँदैन । म त अत्यन्त कर्मयोगी मान्छे । साह्रै धेरै काम गर्न मन लाग्छ । म नेपालको यस्तो एउटा जनप्रतिनिधि हो, जसको हातभरि घाउ हुन्छ । खुट्टाभरि काँडाले घोचेको हुन्छ । यो कसका लागि ? केका लागि त ? धरानकै राम्रो होस् भनेर हो । म त मान्छेलाई धर्ममा होइन, माटोमा जोड्न चाहन्छु । किनभने माटोसँग नजोडेको मान्छेले कुनै पनि समयमा देश छाड्नसक्छ । उसलाई राम्रो अवसर मिल्यो भने यूएसतिर गइहाल्छ वा कहींकतै गइहाल्छ । त्यसकारण म घुम्ने कुर्सीमा मात्रै नबसेर आफैं उदाहरण बनेर काम गरिरहेको छु । देशका नेताहरु घुम्ने कुर्सीमा बसेर निर्णयमात्रै गर्ने गर्छन् । बैठक मात्रै बस्छन् । माटो कसैले छुँदैनन् । अनि एकजना किसानले हजार जनालाई पाल्नुपर्छ । त्यसकारण म उत्पादनमा लागेको छु, यो कुरा धेरैलाई पाच्य छैन । मेरो त कर्म नै धर्म हो । त्यसले गर्दा काम गरौं भन्छु । कसले के आस्था राख्छ, को गिर्जाघर जान्छ, मन्दिर जान्छ, को मस्जिद जान्छ भनेर चियो पनि गर्दिनँ । म काममात्रै गर्न चाहन्छु ।
– थोरै प्रसंग बदलौं, तपाईंको प्रशंसा निकै हुन्छ । सँगै आलोचना पनि हुन्छ । प्रशंसा र आलोचनालाई कसरी ग्रहण गर्नुहुन्छ ?
मलाई दुवै कुरा केही जस्तो पनि लाग्दैन । मलाई सुख पनि केही जस्तो लाग्दैन । दुःख पनि केही जस्तो लाग्दैन । त्यसैले आलोचना हुँदा पनि यत्तिकै छु । प्रशंसा हुँदा पनि यत्तिकै छु । म प्रस्ट भिजन भएको मान्छे हो । त्यसैले मलाई कसैले अलमलाउन सक्दैन । तथापि धेरै कुराहरु आउँछन् । मसँग समन्वय नगर्ने कुराहरु आउँछन् । धरानमा डेंगु फैलिँदै गर्दा मैले नै फैलाए जसरी आरोप लगाइयो । अहिले ७७ वटै जिल्लामा फैलियो । त्यहाँ पनि मैले गर्दा नै हो भनेर भने । मलाई धेरैले आलोचना र प्रशंसा गर्ने विषयवस्तु बनाउनुभएको छ । त्यो कुरामा म खुशी नै छु । धेरै खुशी चाहिँ आलोचक र विरोधीहरुसँग छु ।
– आलोचकहरुले त हर्क साम्पाङ मुडी छ, घमण्डी छ, सनकी छ भनेर पनि भन्छन् । त्यस्तो हो त तपाईं ?
मलाई घमण्डी भन्नुहुन्छ । तर, म आत्मविश्वासी हो । मलाई अभिमानी भन्नुहुन्छ । तर, म स्वाभीमानी हो । म आफ्नो पौरख र पाखुराको दममा विश्वास गर्छु । आफैंले उत्पादन गरेर देश समृद्ध बनाउन सक्छौं भन्छु । मलाई विदेश भ्रमणको निम्ता थुप्रो आए । अष्ट्रेलिया गइनँ । जापान, कोरिया, हङकङमा निम्तो थियो । त्यहाँ गइनँ । अरु भए जान्थे होलान् नि त ! यत्रो ठूलो उपमहानगरको मेयर ! बाइकमा हिँड्छु । हेलमेट यहीँ नै छ । मेरा लागि हिँडेको गाडी त डेंगुको एम्बुलेन्स बनाएको छु । कोही बिरामी पर्यो भने त्यो गाडीले अस्पताल पुर्याउँछ र घर ल्याउँछ । अनि यसरी हिँड्ने मान्छेको आलोचना गर्नु कति न्यायोचित होला ? कतिले भन्छन्, यो मेयर भएन । अनि मेयर चाहिँ कस्तो खालको चाहिएको हो त ? त्यसैले मलाई मान्छेले घमण्डी भन्नुमा व्यक्तिगत स्वार्थ होला । जो मैले पूरा गरिदिइनँ । हामी त व्यक्तिगत स्वार्थभन्दा पनि आमजनतामा जाने होला ।
स्टाटस त म धेरै लेखौं भन्छु । तर, यहाँ नभ्याएर हो । मेरो रणनीति के छ भने आफ्ना विरोधीहरुलाई चिढ्याउने । कसैले विरोध गर्दैगर्दा तपाईं रिसाउनुभयो भने दिमागले प्रोपरली काम गर्दैन । रिसको झोंकमा मान्छेले ठूल्ठूला अपराध गर्छन् । गल्ती गर्छन् । मेरो विरोध गर्ने मान्छेहरु त अझै धेरै रिसाऊन् भन्ने लाग्छ । म त हाँस्दैहाँस्दै स्टाटस लेखिरहेको हुन्छु । लेख्दै गर्दा आफैं हाँसिरहेको हुन्छु । स्टाटस लेख्छु, कामतिर लाग्छु । उनीहरु दिनभरि लाप्पा खेल्दै बस्छन् । मेरो त बिहानदेखि बेलुकासम्म काम हुन्छ । तर, कोही मान्छेले नकारात्मक चाहिँ नलेखून् । म पनि लेख्दिनँ ।
– तपाईंका शुभचिन्तकहरुले नै चाहिँ हर्क साम्पाङले कम स्टाटस लेखिदिए हुन्थ्यो भनेर भन्ने गरेका छन् । किन यति धेरै स्टाटस लेख्नुहुन्छ ?
स्टाटस त म धेरै लेखौं भन्छु । तर, यहाँ नभ्याएर हो । मेरो रणनीति के छ भने आफ्ना विरोधीहरुलाई चिढ्याउने । कसैले विरोध गर्दैगर्दा तपाईं रिसाउनुभयो भने दिमागले प्रोपरली काम गर्दैन । रिसको झोंकमा मान्छेले ठूल्ठूला अपराध गर्छन् । गल्ती गर्छन् । मेरो विरोध गर्ने मान्छेहरु त अझै धेरै रिसाऊन् भन्ने लाग्छ । म त हाँस्दैहाँस्दै स्टाटस लेखिरहेको हुन्छु । लेख्दै गर्दा आफैं हाँसिरहेको हुन्छु । स्टाटस लेख्छु, कामतिर लाग्छु । उनीहरु दिनभरि लाप्पा खेल्दै बस्छन् । मेरो त बिहानदेखि बेलुकासम्म काम हुन्छ । तर, कोही मान्छेले नकारात्मक चाहिँ नलेखून् । म पनि लेख्दिनँ ।
– कतिपय अवस्थामा गलत सूचनाले गाइड गरेर समेत तपाईंले स्टाटस लेख्नुहुन्छ नि ?
कतिपय अवस्थामा त्यस्तो पनि भएको हुनसक्छ । मेरो नाममा कति धेरैले आईडी खोल्नुभएको छ । त्यस्तो भएकाले कतिपय अवस्थामा मैले पनि त्यस्तो गरेको हुनसक्छु । अरुले पनि पनि पोस्ट गर्न सक्छन् । मेरो नामका पेज, ग्रुपहरुमा मिसइन्फरमेसन गएका छन् । तर, म भन्छु, कसैलाई गाली नगरौं ।
– आफ्ना स्टाटसमा आएका कमेन्टहरु चाहिँ कतिको हेर्नुहुन्छ ?
कहिलेकाहीं हेर्छु । गालीधाली गर्छन् । कतिले राम्रै पनि लेख्छन् । समर्थकहरुले धेरै कमेन्ट गर्दैनन् । मान्छे भनेको सामान्यतया नकारात्मक कुरा बोल्न र भन्न रुचाउने प्राणी हो कि जस्तो पनि लाग्छ । राम्रो कुरामा एक लाइक गर्ने, जाने । रिस उठेको छ भने एउटै स्टाटसमा धेरै इंगेज हुने । कसैले प्रशंसामा एउटा कमेन्ट गर्छन् । कसैले विरोध गर्नुपर्यो भने १०० वटासम्म कमेन्ट गर्छन् । तर, कमेन्टहरु प्रायः अलिअलि हेर्छु ।
– कोकहाको पानी ९८ दिन लगाएर पाइप तानेर धरान ल्याउनुभयो । त्यसवेला पानीमा रोइरहेको तपाईंको तस्बिर निकै भाइरल बन्यो । त्यो पललाई कसरी सम्झनुहुन्छ ?
पानी ल्याउन ९८ दिन लाग्यो । तर, त्यो ट्रयाक अहिलेसम्म धोएको छैन । ढुसी पलाइरहेको छ । कतिले त तपाईंलाई एक डेढ लाख दिन्छु, ट्रयाक दिनुस् पनि भन्नुभयो । तर, त्यसरी दिनुपर्ने त्यो चिज होइन । पानी ल्याएको दिन घरी पर बिग्रियो भन्छ, घरी वर बिग्रियो भन्छ । म नै नगई पानी आउँदैन जस्तो लाग्यो । पानी नल्याई धरानमा आउँदिनँ भनेर दुई रात धरानमै बसिनँ । त्यसो गरेर पानी ल्याइयो । त्यो प्रोजेक्टमा पब्लिकको योगदान थियो । ६-७ करोडको त पाइप नै लाग्यो । सबै काम श्रमदानबाट गर्यौं । श्रमदान ठूलो कुरा हो । हाम्रो अभियानमा शक्ति हुने रहेछ । अनि त्यस दिन लाग्यो, म त श्रमदानमै रमाउन थालेछु । अनि त्यो सम्पूर्ण कुरालाई सम्झेर त्यो दिन भावुक बनें ।
त्यो बडो रोमाञ्चक क्षण थियो । रुँदै गर्दा त्यो दिन धेरै कुरा सम्झिएँ । सम्झना आएर आँखामा आँसु आयो । त्यत्रो टाढाबाट पानी ल्याएको, लाखौं मान्छे आएर दैनिक काम गरेका थियौं । त्यो अद्भूत लाग्छ मलाई । म दुस्साहसी मान्छे हो । मैले ठानेपछि गर्छु गर्छु । त्यो पानी धरानमा ल्याउन ३५ वर्षदेखि धरानका जनताले पर्खेका थिए । मैले काम सुरु गरेपछि यसरी पनि हुन्छ भनेर थुप्रोले आलोचना गर्नुभयो । त्यो पानी आए धरान नै नबस्ने, राजनीति छाड्ने भन्नेहरु थुप्रो थिए । मैले चुनाव लड्दा पनि जितेमा उहाँहरुले बाजी थाप्नुभएको थियो । मैले जिते राजनीति छाड्ने बताउनुभएको थियो । तर, मलाई चाहिँ जित्छु नै भन्ने लाग्थ्यो । मैले निकटतम प्रतिद्वन्द्वीलाई नै पाँच हजारभन्दा बढी मतले हराएँ । पानी ल्याउँदाताकाको मेरो ट्रयाक धोएको छैन । मेरो स्वभाव भनेको एकपटक बोलेपछि ज्यान जान्छ, बोली चेन्ज हुँदैन । मैले त्यो ट्रयाक त्यो दिनमात्रै धुन्छु, जुन दिन धरानमा पानी खसाउँछु भनेको थिएँ । त्यो ट्याकमा अत्यधिक धुलो लाग्यो । पछिपछि त गनाउन थाल्यो । स्प्रे लगाएर हिँड्थेँ । पानी ल्याउन ९८ दिन लाग्यो । तर, त्यो ट्रयाक अहिलेसम्म धोएको छैन । ढुसी पलाइरहेको छ । कतिले त तपाईंलाई एक डेढ लाख दिन्छु, ट्रयाक दिनुस् पनि भन्नुभयो । तर, त्यसरी दिनुपर्ने त्यो चिज होइन । पानी ल्याएको दिन घरी पर बिग्रियो भन्छ, घरी वर बिग्रियो भन्छ । म नै नगई पानी आउँदैन जस्तो लाग्यो । पानी नल्याई धरानमा आउँदिनँ भनेर दुई रात धरानमै बसिनँ । त्यसो गरेर पानी ल्याइयो । त्यो प्रोजेक्टमा पब्लिकको योगदान थियो । ६-७ करोडको त पाइप नै लाग्यो । सबै काम श्रमदानबाट गर्यौं । श्रमदान ठूलो कुरा हो । हाम्रो अभियानमा शक्ति हुने रहेछ । अनि त्यस दिन लाग्यो, म त श्रमदानमै रमाउन थालेछु । अनि त्यो सम्पूर्ण कुरालाई सम्झेर त्यो दिन भावुक बनें ।
– तपाईंको पानीमा रुझेको तस्बिर आएपछि चितवनबाट अर्को तस्बिर आयो, रास्वपा सभापति रवि लामिछानेको । उहाँको त निकै आलोचना भयो । उहाँको कामलाई कसरी हेर्नुहुन्छ ?
उहाँ राम्रै मान्छे हुनुहुन्छ । मेरो मिसइन्फरमेसन पनि हुनसक्छ । अस्ति इटहरीमा हिन्दू धर्मावलम्बीले गरेको प्रदर्शनमा उहाँको पार्टीले लिड गरेको भन्ने पनि आयो । र्यालीले चाहिँ हर्क साम्पाङ मुर्दावाद भनेर नारा लगाएको भन्ने सूचना आयो । यसबारे मैले उहाँलाई सोधेको पनि छु ।
– रास्वपा वैकल्पिक शक्ति हो भनेर आएको छ । के वैकल्पिक हो र ?
त्यसबारेमा मैले केही भन्न चाहिनँ । मैले त्यो भन्न पनि मिलेन । पब्लिकले भन्ने हो, राम्रो हो या नराम्रो ।
– केही समयअघि सर्दु खोला जलाधारमा भएको निजी जग्गामा छिर्नुभयो भनेर तपाईंको आलोचना भयो । अर्कातिर तपाईंले आफूमाथि दुर्व्यवहार भयो भनेर पनि लेख्नुभयो । खास कुरा के हो ?
पहिला सट्टाभर्ना भएको जग्गा पुनः कीर्ते गरेर विभिन्न मानिस लागेर उहाँहरुले आफ्नो नाममा बनाउनुभएको छ । विभिन्न खण्डमा बेचविखन पनि गरेको भन्ने कुरा आएको छ । त्यो जलाधार क्षेत्र हो । हामी त्यो जग्गालाई जलाधार नै बनाउँछौं । धेरै लामो समयदेखि अदालतमा मुद्दा पनि चलिरहेको छ ।
– तपाईंले माइकबाट भोट माग्दै हिँडेको धरान र अहिलेको धरानमा के फरक छ ?
धरान अहिले पहिलाभन्दा सुशासित छ । पहिलाभन्दा धेरै कर्मशील पनि छ । तुलनात्मक हिसाबले दुर्व्यसनलगायतका विकृति विसंगति घटेका छन् । अहिले धरान उत्पादनको मार्गमा लागेको छ । फ्याक्ट्री खोल्दैछु । रोजगारी सृजना हुँदैछ । धरानमा हरेक मान्छे आएर यहाँ केही बुझ्न चाहन्छन् । पहिला धरान भनेको बिर्सिएको ठाउँ जस्तो थियो । अहिले धरान विविध संस्कृतिको शहर भएको छ । काम गर्ने संस्कृतिको शहर भनेर चिनिन्छ धरान । धरानलाई पहिला झगडे, ड्रग एडिक्टको शसहर भन्थे । अहिलेको धरान भनेको श्रमदाताको शहर हो । मलाई लाग्छ, पहिलाभन्दा धेरै व्यवस्थित भइरहेको छौं ।
– उपमहानगरमा अन्य जनप्रतिनिधिहरु पनि हुनुहुन्छ । उहाँहरुसँग काम सहकार्य गरिरहनुभएको छ ?
हामी यहाँ पब्लिकको म्यान्डेटलाई कार्यान्वयन गर्न आएको हो । पब्लिकको चाहना, भावना र आवश्यकतालाई एड्रेस गर्ने हो । जे जति स्रोत छ, त्यसअनुसार गर्ने हो । कसलाई कसको अनुहार मनपर्छ । कसलाई कसको बोली मनपर्छ भनेर हामी बस्दैनौं । हामी आफ्नो जिम्मेवारीलाई लिएर अगाडि बढ्नुपर्छ । त्यसरी नै काम भइरहेको छ । केही असहजता पनि छन् छन् चाहिँ । त्यसबारे बोल्दिनँ ।
– हर्क साम्पाङ र जनप्रतिनिधिसँग कोल्ड वार चलिरहेको छ भन्दा रहेछन् नि धरानमा ?
राजनीतिक क्ल्यास भइरहेको अवस्था देखिन्छ । हामी निर्वाचित भएर आएपछि त्यसो गरिरहन आवश्यक छैन । केही असहजता छन् । तर, जसरी जान सकिन्छ, त्यसरी नै अगाडि बढ्छु ।
नेपाल प्रेसका लागि नवीन काजी राईसँगको सम्पादित अंशबाट साभार
वि.सं.२०८० भदौ २० बुधवार १३:३७