YouTube Link

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

Facebook Link

काठमाडौं: नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । प्रतिस्पर्धी हरि रिजाललाई दुई मतान्तर मात्रैले पराजित गर्दै प्रदेश कमिटी अध्यक्षमा कँडेल विजयी भएका हुन् ।

कँडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ मत मात्रै प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । रुपन्देहीको बुटवलमा चार दिनदेखि जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमति नजुटेपछि नेतृत्व चयनको लागि मंगलबार मतदान भएको थियो ।

कँडेल र रिजाल समूह प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए । कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । अध्यक्षमा पराजित हुने रिजाल एमाले महासचिव शंकर पोखरेल निकटका नेता हुन् । एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा आफू निकटलाई विजयी बनाउन पौडेल र पोखरेल कम्मर कसेर लागेका थिए ।

त्यसैगरी कमिटीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विश्वराज बरालले ३०६ मत मात्रै प्राप्त गरेका छन् ।  सचिवमा लक्ष्मण आचार्य निर्बिरोध निर्वाचित भएका छन् ।

कमिटीको उपसचिवमा पूर्ण बुढामगर ४१८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी दुर्गाप्रसाद थारुले ३९३ मत प्राप्त गरेका छन् । महिला उपसचिवमा लीला राना मगर १ मत बढी ल्याएर विजयी भएकी छन् । मगर ३५२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी वसन्ती अधिकारीले ३५१ मत मात्रै प्राप्त गरेकी छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...