Rajshow Bivag

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

Departmant of helth services

 

काठमाडौं: नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । प्रतिस्पर्धी हरि रिजाललाई दुई मतान्तर मात्रैले पराजित गर्दै प्रदेश कमिटी अध्यक्षमा कँडेल विजयी भएका हुन् ।

 

कँडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ मत मात्रै प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । रुपन्देहीको बुटवलमा चार दिनदेखि जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमति नजुटेपछि नेतृत्व चयनको लागि मंगलबार मतदान भएको थियो ।

 

कँडेल र रिजाल समूह प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए । कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । अध्यक्षमा पराजित हुने रिजाल एमाले महासचिव शंकर पोखरेल निकटका नेता हुन् । एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा आफू निकटलाई विजयी बनाउन पौडेल र पोखरेल कम्मर कसेर लागेका थिए ।

 

त्यसैगरी कमिटीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विश्वराज बरालले ३०६ मत मात्रै प्राप्त गरेका छन् ।  सचिवमा लक्ष्मण आचार्य निर्बिरोध निर्वाचित भएका छन् ।

 

कमिटीको उपसचिवमा पूर्ण बुढामगर ४१८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी दुर्गाप्रसाद थारुले ३९३ मत प्राप्त गरेका छन् । महिला उपसचिवमा लीला राना मगर १ मत बढी ल्याएर विजयी भएकी छन् । मगर ३५२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी वसन्ती अधिकारीले ३५१ मत मात्रै प्राप्त गरेकी छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...