Rajshow Bivag

राज रेग्मीद्वारा एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिँदै

Departmant of helth services

 

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।

 

एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्यसहित रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।  रेग्मीले विभिन्न देशका एनसीसीहरुमा पुगेर उपाध्यक्ष पदमा आफुलाई समर्थन गर्न आग्रह  गरिरहेका छन ।

 

एनआरएनएमा मध्यपूर्व युवा संयोजक हुँदै आइसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मीले एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिदै आगामी कार्यकाल २०२३/२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन ।

 

पछिल्लो समय देश/विदेश दौडाहामा हिडेका रेग्मी उपाध्यक्ष हुँदै एनआरएनएको नेतृत्व सम्हाल्ने दौडमा रहेका छन । रेग्मी एनआरएनए अभियानमा सम्भवना बोकेका नेता हुन । एनआरएन अभियानमा उदयमान तथा उर्जाशिल रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन ।

 

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मी बताउछन । रेग्मीले  सन २०२३/२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर केही गर्ने इच्छा अनुसार आफूले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

 

उनले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

 

कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी सबैका प्रिय  व्यक्तिका रुपमा एनआरएनएमा चिनिन्छन । एनआरएन अभियानमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले अन्तर आत्मादेखि स्वागत गरेका छन ।

 

विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ‘ग्लोवल एनआरएन सिंगिङ आइडल’को आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन । रेग्मीले विश्वभर रहेका नेपालीहरुसँग अपील गर्दै आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, सुभेक्षा र समर्थनले जुन सफलता हासिल गरे त्यसलाई निरन्तरता दिदै भोलिका दिनमा आईसीसी उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गरेका छन ।

 

सामुहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता रेग्मीका रहेका छन । उनले आफू यस अभियानमा केही लिन नभई दिन आएकाले सबै अभियन्ता र गैर आवासीय नेपालीहरुलाई आफ्नो अभियानलाई समर्थन गर्न अनुरोध गरेका छन । उनले आफूले विगतमा पनि विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको सल्लाह सुझावकै आधारमा काम गरेको र आगामी दिनमा पनि गर्ने बताए ।

 

रेग्मीले केही दिनमा औपचारिक कार्यक्रम गरेर आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गर्ने बताएका छन । एनआरएनएको आगामी नेतृत्वका लागि आरके शर्मा, महेश श्रेष्ठ, बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन । अन्य ४ उम्मेदवारले उम्मेदवारी सार्वजनिक गरिसकेका छन भने बर्तमान अध्यक्ष बद्री केसी भने आन्तरिक छलफलमा रहेका छन ।

 

हालसम्म उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी, रोविन्दप्रसाद श्रेष्ठ, नारायण आचार्य, केशव पौडेल, सुनील शाह, गणेश केसीलगाएतले उम्मेदवारी सार्वजनिक गरेका छन । युवाउपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाले उम्मेदवारी दिएका छन । यस्तै महासचिवमा गौरीराज जोशी, बुद्धिसागर सुवेदी, गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरेका छन भने उपमहासचिवमा प्रविन गुरुङ, सोम सापकोटा र प्रमोद सिटौलाले उम्मेदवारी दिएका छन । सचिवमा लोक दाहाल, मनोज गोर्खाली,टंक गैरे,स्वतन्त्र प्रताप शाह,ज्ञानेन्द्र रेग्मी, आरसी पोखरेल, कृष्णजिवी पन्त र महिला सचिवमा रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेका छन । कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना,सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत,तिलक गैरेले उम्मेदवारी घोषणा गरेका छन । अन्य पदहरुमा पनि उम्मेदवारी आउने क्रम जारी रहेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

वि.सं.२०८१ जेठ ७ सोमवार १३:४७

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत...

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०

  दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार,...

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...