YouTube Link

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेद्वारी दिँदै पारश खड्का

Facebook Link

काठमाडौं: बागमती प्रदेश क्रिकेट संघको चुनाव आज हुँदैछ । ललितपुरमा हुने चुनावमा ३७ मतदाताले १३ सदस्यीय कार्यसमिति चयन गर्ने छन् ।

६ वटा जिल्लाका ४-४ प्रतिनिधि र पुरानो कार्यसमितिका १३ पदाधिकारी गरी ३७ जनाले नयाँ कार्यसमितका लागि मतदान गर्नेछन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनलाई चार जिल्लाको समर्थन छ ।

भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुरले उनलाई समर्थन जनाएका हुन् । पारस यसअघि काठमाडौं जिल्ला कार्यसमितिमा सर्वसम्मत सदस्य निर्वाचित भएर प्रदेशका लागि प्रतिनिधि चयन भएका थिए ।

यता प्रदेश अध्यक्षमा उमेश पियाले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उनी चितवन जिल्ला संघमा पदाधिकारी निर्वाचित भएका थिए । यता नुवाकोट जिल्ला संघका एक प्रतिनिधले पारस समूहले प्रदेशमा गुटबन्दी गरेको आरोप लगाएका छन् ।

चार जिल्लाका प्रतिनिधिहरु यदि पारसको समर्थनमा अडिए भने उनको १६ भोट सुनिश्चित हुनेछ । अध्यक्षमा यदि द्वीपक्षीय प्रतिस्पर्धा भयो भने चुनाव जित्न १९ भोट चाहिन्छ । पारसले पुरानो कार्यसमितिबाट ३ भोट मात्र तान्दा चुनाव जित्न सक्छन् ।

यदि पारसले सबैलाई समेटर जाने नीति लिए भने सर्वसम्मत हुन सक्ने अवस्था पनि देखिन्छ । तर, चार जिल्लाको गुट बनाएर उनले चितवन र नुवाकोटलाई बाइपास गरिरहेका छन् ।

यदि पारसले बागमती प्रदेशमा जिते भने उनी त्यतिमै रोकिन्छन् कि रोकिँदैनन् भन्ने प्रश्न छ । धेरैले उनी केन्द्रमा पनि चुनाव लड्नसक्ने चर्चा गरिरहेका छन् । पारस भने यस विषयमा खुलेका छैनन् । बागमती प्रदेश अध्यक्ष हुँदा हुँदै केन्द्रीय अध्यक्षमा लड्न विधानले रोक्दैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...