YouTube Link

अभियन्तासँग सुझाव लिँदै एनआरएनए उपाध्यक्ष शर्मा अस्ट्रेलिया भ्रमणमा

Facebook Link

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष राजेन्द्रकुमार शर्मा ‘आरके’ अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण कार्यक्रममा भाग लिन अस्ट्रेलिया पुगेका छन ।

अस्ट्रेलिया भ्रमणको क्रममा शर्माले एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण र पदवहालीमा सहभागिता जनाउने छन । अस्ट्रेलियामा गैरआवासीय अभियन्ताहरूसँग भेटेर अभियानलाई अगाडि बढाउने विषयमा सल्लाह र सुझाव लिने शर्माले बताए । एनआरएनएको आगामी असोजमा हुने विश्व सम्मेलनमा शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । जसको लागि विश्वभरका अभियन्ता भेट्न शर्माले युरोप, जापान, मध्यपुर्व, मलेसिया लगायतको देश भ्रमण गरिसकेका छन ।

“युरोप र जापानमा बस्ने गैरआवासीय अभियन्ताबाट मलाई निकै राम्रो सल्लाह र सुझाव आएको ,” शर्माले भने, “यो क्रममा अस्ट्रेलियामा बस्ने अभियन्तासँग भेटेर उहाँहरूको महत्त्वपूर्ण सल्लाह र सुझाव लिने छु ।” शर्माले विश्वभरका गैरआवासीय अभियन्ताहरूबाट प्राप्त भएको सुझावको आधारमा नेतृत्वमा अगाडि बढ्ने तयारी गरेका छन । विश्वभरका अभियन्ताले शर्मालाई अगाडि बढ्न सल्लाह र सुझाव दिएका छन ।

अस्ट्रेलिया एनआरएनए एनसीसीहरुमा सबैभन्दा बढी पञ्जीकृत सदस्य भएको देश हो । यस आधारले अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सबैभन्दा बढी मतदाता हुने छन । जापान भ्रमणपछि शर्मा नेपाल पुगेर विदेशमा नेपालीहरूले भोग्नुपरेको समस्याको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’,नेपाल सरकारका मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीलाई भेटेर विदेशमा पासपोर्ट नवीकरण लगायतका नेपालीहरुले भोग्नुपरेको समस्याको सहजीकरण गर्न अनुरोध गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...