Rajshow Bivag

अभियन्तासँग सुझाव लिँदै एनआरएनए उपाध्यक्ष शर्मा अस्ट्रेलिया भ्रमणमा

Departmant of helth services

 

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष राजेन्द्रकुमार शर्मा ‘आरके’ अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण कार्यक्रममा भाग लिन अस्ट्रेलिया पुगेका छन ।

 

अस्ट्रेलिया भ्रमणको क्रममा शर्माले एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण र पदवहालीमा सहभागिता जनाउने छन । अस्ट्रेलियामा गैरआवासीय अभियन्ताहरूसँग भेटेर अभियानलाई अगाडि बढाउने विषयमा सल्लाह र सुझाव लिने शर्माले बताए । एनआरएनएको आगामी असोजमा हुने विश्व सम्मेलनमा शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । जसको लागि विश्वभरका अभियन्ता भेट्न शर्माले युरोप, जापान, मध्यपुर्व, मलेसिया लगायतको देश भ्रमण गरिसकेका छन ।

 

“युरोप र जापानमा बस्ने गैरआवासीय अभियन्ताबाट मलाई निकै राम्रो सल्लाह र सुझाव आएको ,” शर्माले भने, “यो क्रममा अस्ट्रेलियामा बस्ने अभियन्तासँग भेटेर उहाँहरूको महत्त्वपूर्ण सल्लाह र सुझाव लिने छु ।” शर्माले विश्वभरका गैरआवासीय अभियन्ताहरूबाट प्राप्त भएको सुझावको आधारमा नेतृत्वमा अगाडि बढ्ने तयारी गरेका छन । विश्वभरका अभियन्ताले शर्मालाई अगाडि बढ्न सल्लाह र सुझाव दिएका छन ।

 

अस्ट्रेलिया एनआरएनए एनसीसीहरुमा सबैभन्दा बढी पञ्जीकृत सदस्य भएको देश हो । यस आधारले अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सबैभन्दा बढी मतदाता हुने छन । जापान भ्रमणपछि शर्मा नेपाल पुगेर विदेशमा नेपालीहरूले भोग्नुपरेको समस्याको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’,नेपाल सरकारका मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीलाई भेटेर विदेशमा पासपोर्ट नवीकरण लगायतका नेपालीहरुले भोग्नुपरेको समस्याको सहजीकरण गर्न अनुरोध गरेका थिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:५६

  काठमाडौं: संघीय संसद् अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछन्...

हेर्नुहोस् आज २०८१ जेठ ८ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ८ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२१

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

वि.सं.२०८१ जेठ ७ सोमवार १३:४७

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत...

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०

  दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार,...

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली...