यी हुन् बालुवाटार ललिता निवास जग्गा प्रकरणका २८६ प्रतिवादी
वि.सं.२०८० भदौ ७ बिहीवार १६:१०
काठमाडौं: बालुवाटारको सरकारी जग्गा हडप्न संगठित रुपमा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।
यो प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारी, व्यापारी र बिचौलियालाई सजाय गर्न माग गरिएको छ । पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ । तर उनीहरु सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
जोशी र गच्छदारले भने सीआईबीमै उपस्थित भएर बयान समेत दिएका थिए । कतिपयलाई भने जग्गा फिर्ताको प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ । उनीहरुले यसअघि नै सीआईबीमा निवेदन दिएर जग्गा फिर्ता गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।
२८६ प्रतिवादीको विवरणः
वि.सं.२०८० भदौ ७ बिहीवार १६:१०