YouTube Link

नेइमार आबद्ध अल हिलालले भारतको मुम्बई सिटी एफसी खेल्ने

Facebook Link

 

एजेन्सीः एसियाको सबैभन्दा ठूलो क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आज एसियाका विभिन्न ४० क्लबलाई १० समूहमा विभाजन गरेको हो ।

 

लिगमा साउदी अरेबिया, जापान र दक्षिण कोरियाका चार-चार क्लबले भाग लिँदैछन् । गत सिजनको साउदी प्रो लिग जितेको अल-हिलालसहित अल-इत्तिहाद र अल-फयाहाले सिधा समूह चरणमा स्थान बनाएका थिए ।

 

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो आबद्ध अल-नासरले क्वालिफाइङ प्लेअफ जितेर समूह चरणमा स्थान बनाएको थियो । लिगमा दक्षिण एसियाबाट भारतको मुम्बई सिटीले मात्र भाग लिँदैछ ।

 

मुम्बई समूह ‘डी’ मा परेको छ । यो समूहमा साउदी क्लब अल-हिलालसहित इरानको नसाजी मजान्दरन र उज्वेकिस्तानको नाभबहोर छन् ।

 

अल-हिलालमा ब्राजिल फरवार्ड नेइमार, सेनेगलका काउलीबाली, पोर्चुगलका रुबेन नेभेस र सर्वियाका मिट्रोभिक विदेशी खेलाडीको रुपमा आबद्ध छन् । त्यसैले नेइमारसँगै युरोपमा खेलेका स्टार खेलाडीले भारतले आएर मुम्बईसँग खेल्ने भएका छन् ।

 

लिगको समूह चरणका खेल १८ सेप्टेम्बरदेखि होम एन्ड अवेका आधारमा हुनेछन् । १० समूह विजेता र ६ उत्कृष्ट उपविजेता नकआउट चरणमा पुग्नेछन् ।

 

 

समूह विभाजनसहितः

समूह ए: पाख्तकोर, अल फयाहा एफसी, अहल एफसी, अल ऐन एफसी

समूह बी: अल साद एससी, एफसी नसाफ, अल फैसली, शारजाह एफसी

समूह सी : अल इत्तिहाद, सेपाहान, एयर फोर्स क्लब, एजीएमके एफसी

समूह डी: अल हिलाल, नसाजी मजान्दरन एफसी, मुम्बई सिटी एफसी, नवबाहोर

समूह ई: पर्सेपोलिस एफसी, अल दुहेल एससी, एफसी इस्टिक्लोल, अल नासर

समूह एफ : जोनबुक हुन्डाइ मोर्टस एफसी, बैंकक युनाइटेड, लाइन सिटी सोइलर्स, किट्ची एससी

समूह जी : योकोहामा, शान्डोङ ताइशान एफसी, काया एफसी-इलोइलो, इन्चेन युनाइटेड एफसी

समूह एच: बुरिराम युनाइटेड, भेन्टफोरेट कोफु, मेलबर्न सिटी एफसी, झेइयाङ एफसी 

समूह आई: उल्सान हुन्डाई एफसी, कावासाकी फ्रन्टेल, जोहर दारुल ताजिम, बीजी पथुम युनाइटेड

समूह जे : वुहान थ्री टाउन्स एफसी, पोहाङ स्टीलर, हनोई एफसी, उरावा रेड डाइमन्डस

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...