YouTube Link

पाँच महिनामा ८६४ प्रहरीमाथि विभागीय कारबाही

Facebook Link

 

काठमाडौं: सीमानाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानबिन थालेको छ ।

 

यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको घटनामा पनि एसपी कँडेल विभागीय कारबाहीमा परिसकेका अधिकृत हुन् । तर, गम्भीर घटना भए पनि त्यतिवेला राजनीतिक संरक्षणमा सामान्य कारबाही मात्र भोगेका एसपी कँडेलमाथि यतिवेला विस्तृत छानबिन गरी जिल्ला इन्चार्जबाट हटाउन लागिएको छ ।

 

दुई साताअघि उनले पैसा असुलेको आरोपमा दुईजना सादा पोसाकमा कार्यरत प्रहरीलाई पक्राउ गरेका थिए । पछि लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायको आदेश भन्दै उनीहरूलाई कारबाहीविनै छाडेका थिए । सादा पोसाकमा प्रहरी खटाएर मिलेमतोमा एसपीले नै तस्करी गराउँदै आएको आधार भेटिएपछि उनीमाथि विस्तृत छानबिन अघि बढेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

 

एसपी कँडेल मात्र होइन, यतिवेला अन्य जिल्लाका प्रहरी इन्चार्जमाथि समेत छानबिन भइरहेको प्रहरी स्रोत बताउँछ । अनियमिततामा संलग्न प्रहरीमाथि प्रहरी नेतृत्वले छानबिन र कारबाहीलाई तीव्रता दिएको छ । प्रहरीकै आन्तरिक सर्वेक्षणमा भ्रष्टाचारलगायतका कारणले जनमानसमा प्रहरीको छवि राम्रो नभएको देखाएको थियो ।

 

दुई साताअघि इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खटाएको टोलीबाट पक्राउ परेका थिए । बरामद गरेको सुन आफैँले लुकाएको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले गोप्य रूपमा टोली खटाएर सुन र नगद बरामद गरेको हो । उनलाई निलम्बन गरी थप छानबिनका लागि एक समिति बनेको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा उनीमाथि छानबिन भइरहेको छ ।

 

डिएसपी केसी यसअघि अनेक विवादमा मुछिए पनि राजनीतिक संरक्षणकै कारण कारबाही हुन सकेको थिएन । केसी तत्कालीन गृहमन्त्री बालकृष्ण खाण निकट प्रहरी अधिकृत हुन् । खाण पदबाट हटेलगत्तै केसी कारबाहीमा परेका हुन् ।

 

त्यस्तै, इलाका प्रहरी कार्यालय, केशेरगन्ज सर्लाहीका इन्स्पेक्टर रोशन थापा पनि हालै कारबाहीमा परेका छन् । लागुऔषध मुद्दामा आर्थिक चलखेल गरेर वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेको खुलेपछि उनीमाथि तीन ग्रेड घटुवाको कारबाही भएको छ । साथै, इप्रकाबाट समेत हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

अन्य दर्जन अधिकृतहरूमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । प्रहरी प्रवक्ता डिआइजी राई प्रहरी आचरणविपरीतको गतिविधिमा संलग्न जोसुकै प्रहरीलाई पनि कारबाही गरिने बताउँछन् । विगतमा राजनीतिक संरक्षणका कारण पनि कतिपय प्रहरी बदमासी गर्दा पनि जोगिएका थिए । ‘अहिले धेरैजसो इन्चार्ज राजनीतिक पहुँचका आधारमा अवसर पाएकाहरू छन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्, ‘त्यसरी गएकाहरूको कार्यशैली राम्रो छैन, सरुवा भएकाका संरक्षकहरू सरकारबाट हटेपछि अहिले छानबिन र कारबाही गर्न सहज भएको हो ।’

 

कारबाही पर्नेमा सबैभन्दा धेरै हवल्दार र सहायक हवल्दार

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा ८६४ जना प्रहरी कारबाहीमा परेका छन् । जसमध्ये ७३ जनालाई सेवाबाट हटाइएको तथा ४२ जना निलम्बनमा परेका छन् । ६ जनाको दर्जा घटुवा, ५० जनाको पदोन्नति रोक्का, २२ जनालाई सुरु स्केलमा घटुवा, ३४ जनाको ग्रेड रोक्का तथा ९१ जनाको ग्रेड घटुवा भएको छ । ४२१ जनालाई नसियत दिइएको, ९४ जनालाई सचेत गराइएको र पाँचजनाको चालचलनमा प्रतिकूल रायसम्बन्धी कारबाही भएको छ । त्यस्तै २६ जनाको सेवाको अन्त भएको छ । कारबाहीमा पर्नेहरू दर्जागत रूपमा एक एसपी, चार डिएसपी र २७ इन्स्पेक्टर छन् ।

 

त्यस्तै, १३ वरिष्ठ सइ, २८ सइ, ६३ असइ, २६ वरिष्ठ हवल्दार, १६८ हवल्दार, १४३ सहायक हवल्दार, ३७० जवान र २१ जना प्रहरी कार्यालय सहयोगी छन् । कारबाहीमा पर्ने सिनियर अधिकृतहरूमा एसपी ऋषिराम कँडेल, डिएसपी खर्गनारायण शाह, इन्स्पेक्टरहरू अरुण बम, बुद्धिप्रसाद सुवेदी, भूपेन्द्र गिरी, शशिधर शर्मा, धर्मराज खत्री, रमेश वन, गणेश पाण्डेलगायत छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका एसपी रामेश्वर यादवलाई सेवाबाट बर्खास्तको सिफारिस भएको छ ।

नयाँ पत्रिकाबाट

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...