Rajshow Bivag

पाँच महिनामा ८६४ प्रहरीमाथि विभागीय कारबाही

Departmant of helth services

 

काठमाडौं: सीमानाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानबिन थालेको छ ।

 

यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको घटनामा पनि एसपी कँडेल विभागीय कारबाहीमा परिसकेका अधिकृत हुन् । तर, गम्भीर घटना भए पनि त्यतिवेला राजनीतिक संरक्षणमा सामान्य कारबाही मात्र भोगेका एसपी कँडेलमाथि यतिवेला विस्तृत छानबिन गरी जिल्ला इन्चार्जबाट हटाउन लागिएको छ ।

 

दुई साताअघि उनले पैसा असुलेको आरोपमा दुईजना सादा पोसाकमा कार्यरत प्रहरीलाई पक्राउ गरेका थिए । पछि लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायको आदेश भन्दै उनीहरूलाई कारबाहीविनै छाडेका थिए । सादा पोसाकमा प्रहरी खटाएर मिलेमतोमा एसपीले नै तस्करी गराउँदै आएको आधार भेटिएपछि उनीमाथि विस्तृत छानबिन अघि बढेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

 

एसपी कँडेल मात्र होइन, यतिवेला अन्य जिल्लाका प्रहरी इन्चार्जमाथि समेत छानबिन भइरहेको प्रहरी स्रोत बताउँछ । अनियमिततामा संलग्न प्रहरीमाथि प्रहरी नेतृत्वले छानबिन र कारबाहीलाई तीव्रता दिएको छ । प्रहरीकै आन्तरिक सर्वेक्षणमा भ्रष्टाचारलगायतका कारणले जनमानसमा प्रहरीको छवि राम्रो नभएको देखाएको थियो ।

 

दुई साताअघि इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खटाएको टोलीबाट पक्राउ परेका थिए । बरामद गरेको सुन आफैँले लुकाएको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले गोप्य रूपमा टोली खटाएर सुन र नगद बरामद गरेको हो । उनलाई निलम्बन गरी थप छानबिनका लागि एक समिति बनेको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा उनीमाथि छानबिन भइरहेको छ ।

 

डिएसपी केसी यसअघि अनेक विवादमा मुछिए पनि राजनीतिक संरक्षणकै कारण कारबाही हुन सकेको थिएन । केसी तत्कालीन गृहमन्त्री बालकृष्ण खाण निकट प्रहरी अधिकृत हुन् । खाण पदबाट हटेलगत्तै केसी कारबाहीमा परेका हुन् ।

 

त्यस्तै, इलाका प्रहरी कार्यालय, केशेरगन्ज सर्लाहीका इन्स्पेक्टर रोशन थापा पनि हालै कारबाहीमा परेका छन् । लागुऔषध मुद्दामा आर्थिक चलखेल गरेर वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेको खुलेपछि उनीमाथि तीन ग्रेड घटुवाको कारबाही भएको छ । साथै, इप्रकाबाट समेत हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

अन्य दर्जन अधिकृतहरूमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । प्रहरी प्रवक्ता डिआइजी राई प्रहरी आचरणविपरीतको गतिविधिमा संलग्न जोसुकै प्रहरीलाई पनि कारबाही गरिने बताउँछन् । विगतमा राजनीतिक संरक्षणका कारण पनि कतिपय प्रहरी बदमासी गर्दा पनि जोगिएका थिए । ‘अहिले धेरैजसो इन्चार्ज राजनीतिक पहुँचका आधारमा अवसर पाएकाहरू छन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्, ‘त्यसरी गएकाहरूको कार्यशैली राम्रो छैन, सरुवा भएकाका संरक्षकहरू सरकारबाट हटेपछि अहिले छानबिन र कारबाही गर्न सहज भएको हो ।’

 

कारबाही पर्नेमा सबैभन्दा धेरै हवल्दार र सहायक हवल्दार

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा ८६४ जना प्रहरी कारबाहीमा परेका छन् । जसमध्ये ७३ जनालाई सेवाबाट हटाइएको तथा ४२ जना निलम्बनमा परेका छन् । ६ जनाको दर्जा घटुवा, ५० जनाको पदोन्नति रोक्का, २२ जनालाई सुरु स्केलमा घटुवा, ३४ जनाको ग्रेड रोक्का तथा ९१ जनाको ग्रेड घटुवा भएको छ । ४२१ जनालाई नसियत दिइएको, ९४ जनालाई सचेत गराइएको र पाँचजनाको चालचलनमा प्रतिकूल रायसम्बन्धी कारबाही भएको छ । त्यस्तै २६ जनाको सेवाको अन्त भएको छ । कारबाहीमा पर्नेहरू दर्जागत रूपमा एक एसपी, चार डिएसपी र २७ इन्स्पेक्टर छन् ।

 

त्यस्तै, १३ वरिष्ठ सइ, २८ सइ, ६३ असइ, २६ वरिष्ठ हवल्दार, १६८ हवल्दार, १४३ सहायक हवल्दार, ३७० जवान र २१ जना प्रहरी कार्यालय सहयोगी छन् । कारबाहीमा पर्ने सिनियर अधिकृतहरूमा एसपी ऋषिराम कँडेल, डिएसपी खर्गनारायण शाह, इन्स्पेक्टरहरू अरुण बम, बुद्धिप्रसाद सुवेदी, भूपेन्द्र गिरी, शशिधर शर्मा, धर्मराज खत्री, रमेश वन, गणेश पाण्डेलगायत छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका एसपी रामेश्वर यादवलाई सेवाबाट बर्खास्तको सिफारिस भएको छ ।

नयाँ पत्रिकाबाट

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...