YouTube Link

टी-२० क्रिकेट सुपर लिगमा ‘स्पट फिक्सिङ’को आशंकामा ४ नेपाली र ३ विदेशी खेलाडीमाथि सिआइबीको उच्च निगरानी

Facebook Link

 

काठमाडौं: जारी टी-२० क्रिकेट सुपर लिगमा ‘स्पट फिक्सिङ’को आशंका भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपालीसहित सात खेलाडीलाई उच्च निगरानीमा राखेको छ ।

 

प्रहरीका अनुसार विराटनगर सुपर लिगका क्याप्टेन आन्द्रे म्याकार्थीसहित वेस्टइन्डिजका तीन र नेपाली चार खेलाडीलाई उच्च निगरानीमा राखिएको छ ।

 

लिग जारी रहेकै बेला केही खेलाडीले राजधानीको होटेलमा शंकास्पद भेट गरेको सूचनापछि सिआइबीले उनीहरूमाथि निगरानी बढाएको हो ।

 

सिआइबीका अनुसार केही दिनयता लिगमा आबद्ध खेलाडीले क्रिकेटकै पूर्वखेलाडीसँग गोप्य भेटघाट बढाएको सूचनापछि प्रहरीले पूर्वखेलाडीलाई समेत निगरानीमा राखेको छ । तर, हालसम्म कसैलाई पनि पक्राउ भने गरेको छैन ।

 

नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक रूपमै ‘म्याच फिक्सिङको अफर आएको’ भनेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एसपीको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरेको थियो ।

 

टोलीले विशेषगरी वेस्टइन्डिजका खेलाडीलाई उच्च निगरानीमा राखेको छ । नेपालको विभिन्न क्लबबाट वेस्टइन्डिजका चार खेलाडी मैदानमा छन् ।

 

अनुसन्धानका क्रममा सिआइबीले नेपाल क्रिकेट संघ (क्यान)को टोलीसँग पनि सोधपुछ गरेको थियो । ‘म्याच फिक्सिङ’को आशंकापछि क्यानले पनि वेस्टइन्डिजका खेलाडीलाई खेलमा रोक लगाएको छ । क्यानका अनुसार टी-२० लिगमा ‘म्याच फिक्सिङ’भन्दा पनि ‘स्पट फिक्सिङ’को आशंका गरिएको छ । ब्याटिङ तथा बलिङमा अब्बल खेलाडीलाई क्याप्टेनले खेलमै सहभागी नगराउनुलाई ‘स्पट फिक्सिङ’ भनिन्छ ।

 

टी-२० लिग कीर्तिपुरस्थित क्रिकेट रंगशालामा १२ दिनदेखि जारी छ । लिगको आयोजक क्यान हो । लिगलाई व्यवस्थापन भने भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्ले गरिरहेको छ । सेभेन थ्री स्पोर्टस्सँग क्यानले आगामी आठ वर्षका लागि लिगको व्यवस्थापन गर्न सम्झौता गरेको छ ।

 

लिग जारी रहेकै वेला स्पोर्टस्का सञ्चालक जतिन अहुवालिया ज्यानको असुरक्षा भएको कारण देखाउँदै एकाएक भारत भागेपछि फिक्सिङको आशंका झन् बढेको छ ।

 

टी-२० लिगकै क्रममा गत १३ पुसमा पनि प्रहरीले रंगशालाबाट बेटिङ गरेको आशंकामा रुपन्देही तिलोत्तमा नगरपालिका-३ का २८ वर्षीय प्रकाश पाण्डेसहित तीनजनलाई पक्राउ गरेको थियो । त्यस दिन रंगशालामा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच खेल चल्दै थियो ।

 

बेटिङकै आशंकामा प्रहरीले ३ मंसिरमा कीर्तिपुर क्रिकेट रंगशालाबाट ५० जनालाई पक्राउ गरेको थियो । त्यसबेला रंगशालामा नेपाल र युएईको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भइरहेको थियो । पक्राउ परेकामध्ये ६ जनालाई प्रहरीले सोधपुछपछि छाडेको थियो ।

 

बाँकी ४४ जनालाई भारतीय प्रहरीलाई जिम्मा लगाएको थियो । दर्शकदीर्घाबाट पक्राउ गरिएका उनीहरू सबै भारतीय नागरिक हुन् । उनीहरूले मोबाइलमार्फत क्रिकेटमा ‘लाइभ’ बेटिङ गरेका थिए । हारजितको रकम भने अनलाइनबाटै लेनदेन गर्ने गरेको प्रहरीको भनाइ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...