YouTube Link

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालन हुँदै

Facebook Link

 

काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आउने भएको छ  । अंग्रेजी नयाँ वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विमानस्थल उद्घाटन गर्दैछन्  ।

 

पोखरा महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन समारोह बिहान ११ बजेबाट सुरु हुने बताए  । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलमा ५ मंसिरदेखि १२ सम्म थाइल्यान्डबाट आएको एरोथाई कम्पनीको विमानले यान्त्रिक परीक्षण, २३ मंसिरमा दुर्घटना अभ्यास, ७ पुसमा यती एयरलाइन्स र बुद्ध एयरसँगै ८ पुसमा सौर्य एयरलाइन्सको जहाज अवतरण गरिसकेका छन्  ।

 

विमानस्थल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले जानकारी दिए  । नयाँ विमानस्थलबाट आन्तरिक उडानहरू हुने भए पनि बाह्य उडानको भने तय भएको छैन  । विमानस्थलमा आन्तरिक उडान र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन्  । नेपालकै पहिलोपटक जहाजमा यात्रु चढाउन र झार्नका लागि एरोब्रिज बनाइएको छ  । हाल विमानस्थल बिहानदेखि बेलुका पाँच बजेसम्म मात्र सञ्चालन हुने र आगामी २३ फेब्रुअरीपछि दैनिक १८ घन्टा सञ्चालन हुने उनले जानकारी दिए  ।

 

नयाँ विमानस्थल सञ्चालनसँगै हालको पुरानो विमानस्थलबाट हुँदै आएका सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुनेछन् भने साना जहाज, हेलिकोप्टर र अल्ट्राफ्लाइटको उडान पुरानो विमानस्थलबाटै हुने गौतमले जानकारी दिए  । नयाँ विमानस्थलको टावरले दूरी देखाउने र दिशा देखाउने उपकरण भने पुरानै विमानस्थलबाट प्रयोग गरिने उनले बताए  । विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापनसँगै अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा, इन्धन, आवश्यक कागजपत्र तयारी लगायतका काम सबै सकिएको उनले जानकारी दिए  । विमानस्थल सञ्चालनका लागि विशेष अर्थात् मुख्य काम सेफ्टी, सेक्युरिटी र सुविधाका कुराको व्यवस्थापन गरिसकेको गौतमको भनाइ छ  ।

 

बुद्ध एयरले भारतका तीन सहरमा उडान गर्ने तयारी गरेको छ  । बुद्धसँगै हिमालय एयरलाइन्सले समेत अन्तर्राष्ट्रिय उडानका लागि कुरा गरिरहेको गौतमले जानकारी दिए  । यसैगरी जजिरा, थाई स्माइल, कतार एयरवेज र फ्लाई दुबईले उडानका लागि क्यानसँग कुरा गरेको उनले बताए  ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...