गृहमन्त्री लामिछानेले ब्युँताए निर्मला हत्या प्रकरणको अनुसन्धान, डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

 

काठमाडौं: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए ।

 

डीआईजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत छिन् । यसअघि उनी प्रहरी उपरीक्षक हुँदा उक्त घटनाको अनुसन्धानमा खटिएकी थिइन् ।

 

गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सीआईबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन् । उनीहरूलाई उक्त घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको छ ।

 

यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सीआईबी नै खटिएकाले पनि सीआईबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

 

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए ।

 

सोही आधारमा प्रहरी प्रधान कार्यालयमा भएको निरीक्षण भ्रमणका क्रममा प्रहरीले गृहमन्त्री लामिछाने समक्ष घटनामा हालसम्म प्रहरीले गरेको अनुसन्धान कार्यबारे ब्रिफिङ गरेको थियो । हालसम्म प्रहरीले गरेका प्रयासबारेमा गृहमन्त्रीलाई अपडेट गराइएको प्रवक्ता राईले जानकारी दिए ।

 

सो क्रममा गृहमन्त्री लामिछानेले तथ्यका आधारमा अनुसन्धान अघि बढाई निष्कर्षमा पुर्याउन प्रहरीलाई निर्देशन दिएका छन् । विसं २०७५ साउनमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो ।

 

अहिलेसम्म उक्त घटनाका दोषी पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डीएनए परीक्षणसमेत गरिसकेको छ ।

 

Nishana Seving AD

NADA AUTO SHOW 2023
Alice Education home sports
स्थानीय तहका कर्मचारीहरु सडकमा

स्थानीय तहका कर्मचारीहरु सडकमा

वि.सं.२०८० असोज १५ सोमवार १४:२२

  काठमाडौं: शिक्षक र डाक्टरपछि स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका...

हेर्नुहोस् आज २०८० असोज १५ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० असोज १५ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८० असोज १५ सोमवार ०६:१३

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

वि.सं.२०८० असोज १४ आइतवार १६:१२

  काठमाडौं: प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश भएको छ...

चीन भ्रमणले दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको: प्रधानमन्त्री

चीन भ्रमणले दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको: प्रधानमन्त्री

वि.सं.२०८० असोज १४ आइतवार १५:५६

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई...

सिनामंगलस्थित केएमसीमा चिकित्सकमाथि कुटपिट

सिनामंगलस्थित केएमसीमा चिकित्सकमाथि कुटपिट

वि.सं.२०८० असोज १४ आइतवार १४:३२

  काठमाडौं:  काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

वि.सं.२०८० असोज १४ आइतवार १४:१५

  काठमाडौं: सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्ने भएको...