Rajshow Bivag

रेशम चौधरीलाई छुटाउन सरकारले ल्यायो अध्यादेश

Departmant of helth services

 

काठमाडौं: जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको मुद्दा फिर्ता गर्नेगरी सरकारले अध्यादेश ल्याएको छ ।

 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

 

सरकार गठनका लागि बहुमत पुर्‍याउन कानुन संशोधन गर्न लागिएको हो । निर्वाचनपछि भएर नयाँ सरकार बनाउन सांसदको जोडघटाउ भइरहेका बेला बहुमत जुटाउने प्रयोजनका लागि संशोधन गर्न लागिएको हो ।

 

टीकापुर घटनामा मुछिएका र अहिले जेल सजाय भोग्दै गरेका रेशम चौधरीसहित सात जनाको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

 

फौजदारी कार्यविधि (संहिता)ले जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिनसक्ने व्यवस्था गरेको छ ।

 

सरकारले फौजदारी कार्यविधि (संहिता)लाई संशोधन गरेर ‘जुनसुकै अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्ने’ गरी कानुनी व्यवस्था गर्न लागेको हो ।

 

कार्यविधि (संहिता) संशोधनको प्रस्ताव मन्त्रिपरिषद्ले आइतबार पारित गरेको छ । सोमबार राष्ट्रपति समक्ष पेश गर्ने तयारी रहेको बताइएको छ ।

 

संविधानमा मधेश र थरुहटका मुद्दा सम्बोधन नभएको भन्दै सुरु भएको आन्दोलनका क्रममा २०७२ फागुन ७ गते सात प्रहरी र एक बालकको मारिएका थिए ।

 

मुद्दा चलाइएकामध्ये ३१ जना अहिले पनि फरार छन् । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट सजाय सुनाइएका रेशमसहित ६ जनाले जन्मकैद र एक जनाले १० वर्षको सजाय भोगिरहेका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:२९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:०३

  काठमाडौं: नेपालको राजकीय भ्रमणका क्रममा मित्रराष्ट्र कतारका राजा अमिर...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

  काठमाडौं: बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय...