Rajshow Bivag

यदि निर्वाचित भएमा गोकुलगंगा र उमाकुण्डको विकासमा ध्यान दिनेछौं: गठबन्धन

Departmant of helth services

 

रामेछाप: आगामी मंसिर ४ मा हुने निर्वाचन अभियानमा जुटेका लोकतान्त्रिक गठबन्धनले वडा स्तरीय कार्यक्रम अन्तर्गत शनिबार गुम्देल र चुचुरेमा मतदातासँग साक्षत्कार गरेको छ ।

 

पूर्व तयारी कार्यक्रम अनुसार शुक्रबार गठबन्धन दलको संयुक्त वडा स्तरीय जनसभामा उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थली र वडा नं २ बाम्तीभण्डारमा कार्यक्रम सम्पन्न गरि शनिबार गुम्देल र चुचुरेमा कार्यक्रम गरेको गठबन्धनले जिल्लाको दुर्गम क्षेत्रको रुपमा परिचित उमाकुण्डसँगै गुम्देल र चुचुरेको विकासलाई निर्वाचनबाट निर्वाचित भएपछि आफुहरुले पहिलो प्राथमिकतामा राखेर काम गर्नै प्रतिबद्धता ब्यक्त गरेका छन् ।

 

दुवै वडामा भएको जनसभामा  जिल्लाकै दुर्गम वडा भएकोले यस क्षेत्रको विकाशमा आफुहरुको पहिलो प्राथमिकतामा पर्नै बताएका छन् ।

 

अभियानका चौथो दिन कुँभु र बाम्तिभण्डारमा आमसभा गरि पाँचौ दिन गुम्देल र चुचुरेको कार्यक्रममा त्यहाँका मतदातासँग साक्षत्कार गरेको गठबन्धनका उम्मेद्वारहरुले उमाकुण्ड गाउँपालिका जस्तै गोकुलगंगा गाउँपालिकाको विकासलाई पनि आफुहरुले प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

 

सो अवसरमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आफू निर्वाचित भए गोकुलगंगाको विकासलाई विकासको पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

उमाकुण्ड गाउँपालिका जस्तै प्राकृतिक तथा ब्यावसायिक कृषिको क्षेत्रमा फड्को मार्दै गरेको यस क्षेत्रको कृषि र प्राकृतिक स्रोतलाई समुचित प्रयोग गरेर समृद्ध गोकुलगंगा बनाउने आफनो कार्ययोजना रहेको पनि उनलर् सुनाए ।

 

उनले रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका विगतदेखि विकासमा धेरै पछि परेको बताउँदै आफू निर्वाचित भएपछि आफनो जन्मस्थल भएका कारण  गोकुलगंगा र उमाकुण्डलाई आफुले  पहिलो प्राथमिकतामा राखेर विकास गर्ने चाहेको बताए ।

 

भौगोलिक रुपमा पिछडिएको यस क्षेत्रको सर्वाङ्गीण  विकासका लागि आफूले यस अघि पनि व्यक्तिगत रूपमा पनि सहयोग गरेको र भोलि निर्वाचित भएपछि पनि यस क्षेत्रलाई विकाससँग जोड्ने प्रतिबद्धता जनाए ।

 

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले पालिकाको सम्पूर्ण भू-भागको बारेमा र पालिका विकासमा पछि परेकोमा पूर्ण रूपमा जानकार रहेको बताए । उनले पनि निर्वाचित भइसकेपछि समृद्ध गोकुलगंगा बनाउने गरी काम गर्ने चाहेको बताए ।

 

त्यस्तै माओवादीका नेता एवं पूर्व गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ले आफ्नो २०७४ को निर्वाचनमा माओवादीको बलमा चुनाव जितेको एमाले अहिले राजा ल्याउने एजेण्डा बोकेर हिँडेको आरोप लगाउँदै नेकपा एमालेलाई देश भरीबाट हराउन आम मतदातालाई अनुरोध गरे ।

 

उनले जिल्लालाई आफू प्रतिनिधि सभाको सदस्य हुँदा पूर्ण बिद्युतिकरण गरिएको, दर्जनौँ पक्की पुल निर्माण भएका, सयौँ किलोमिटर सडक कालोपत्रे गरिएको बताउँदै अब ठुलठुला पूर्वाधारका काम गर्न अहिलेका गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।

 

चुनावी सभामा  रामेछापका निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, पार्टि सचिब दीपक खड्का  नेकपा माओवादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेविसंघका पूर्व महामन्त्री गजेन्द्र बहादुर कार्की, लगायतले आ आफनो धारणा राखेका थिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आज १८औँ लोकतन्त्र दिवस

आज १८औँ लोकतन्त्र दिवस

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:२२

  काठमाडौं: आज १८औं लोकतन्त्र दिवस । विभिन्न कार्यक्रम आयोजना...

हेर्नुहोस् आज २०८१ बैशाख ११ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ११ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:२७

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

कतारका अमिर मंगलबार नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

कतारका अमिर मंगलबार नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

वि.सं.२०८१ वैशाख १० सोमवार १७:३२

  काठमाडौं: कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई...

देश र जनताको पक्षमा निरन्तर क्रियाशील स्व. नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक हुन्: प्रधानमन्त्री प्रचण्ड

देश र जनताको पक्षमा निरन्तर क्रियाशील स्व. नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक हुन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख १० सोमवार ११:५०

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा...

उपनिर्वाचनको चर्चा इलाम-२ मा, कसले मार्ला बाजी ?

उपनिर्वाचनको चर्चा इलाम-२ मा, कसले मार्ला बाजी ?

वि.सं.२०८१ वैशाख १० सोमवार १०:३९

  काठमाडौं: बैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर-२ र...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदै

वि.सं.२०८१ वैशाख १० सोमवार ०६:५३

  काठमाडौं: एसीसी प्रिमियर कप खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय...