YouTube Link

यदि निर्वाचित भएमा गोकुलगंगा र उमाकुण्डको विकासमा ध्यान दिनेछौं: गठबन्धन

Facebook Link

 

रामेछाप: आगामी मंसिर ४ मा हुने निर्वाचन अभियानमा जुटेका लोकतान्त्रिक गठबन्धनले वडा स्तरीय कार्यक्रम अन्तर्गत शनिबार गुम्देल र चुचुरेमा मतदातासँग साक्षत्कार गरेको छ ।

 

पूर्व तयारी कार्यक्रम अनुसार शुक्रबार गठबन्धन दलको संयुक्त वडा स्तरीय जनसभामा उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थली र वडा नं २ बाम्तीभण्डारमा कार्यक्रम सम्पन्न गरि शनिबार गुम्देल र चुचुरेमा कार्यक्रम गरेको गठबन्धनले जिल्लाको दुर्गम क्षेत्रको रुपमा परिचित उमाकुण्डसँगै गुम्देल र चुचुरेको विकासलाई निर्वाचनबाट निर्वाचित भएपछि आफुहरुले पहिलो प्राथमिकतामा राखेर काम गर्नै प्रतिबद्धता ब्यक्त गरेका छन् ।

 

दुवै वडामा भएको जनसभामा  जिल्लाकै दुर्गम वडा भएकोले यस क्षेत्रको विकाशमा आफुहरुको पहिलो प्राथमिकतामा पर्नै बताएका छन् ।

 

अभियानका चौथो दिन कुँभु र बाम्तिभण्डारमा आमसभा गरि पाँचौ दिन गुम्देल र चुचुरेको कार्यक्रममा त्यहाँका मतदातासँग साक्षत्कार गरेको गठबन्धनका उम्मेद्वारहरुले उमाकुण्ड गाउँपालिका जस्तै गोकुलगंगा गाउँपालिकाको विकासलाई पनि आफुहरुले प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

 

सो अवसरमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आफू निर्वाचित भए गोकुलगंगाको विकासलाई विकासको पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

उमाकुण्ड गाउँपालिका जस्तै प्राकृतिक तथा ब्यावसायिक कृषिको क्षेत्रमा फड्को मार्दै गरेको यस क्षेत्रको कृषि र प्राकृतिक स्रोतलाई समुचित प्रयोग गरेर समृद्ध गोकुलगंगा बनाउने आफनो कार्ययोजना रहेको पनि उनलर् सुनाए ।

 

उनले रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका विगतदेखि विकासमा धेरै पछि परेको बताउँदै आफू निर्वाचित भएपछि आफनो जन्मस्थल भएका कारण  गोकुलगंगा र उमाकुण्डलाई आफुले  पहिलो प्राथमिकतामा राखेर विकास गर्ने चाहेको बताए ।

 

भौगोलिक रुपमा पिछडिएको यस क्षेत्रको सर्वाङ्गीण  विकासका लागि आफूले यस अघि पनि व्यक्तिगत रूपमा पनि सहयोग गरेको र भोलि निर्वाचित भएपछि पनि यस क्षेत्रलाई विकाससँग जोड्ने प्रतिबद्धता जनाए ।

 

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले पालिकाको सम्पूर्ण भू-भागको बारेमा र पालिका विकासमा पछि परेकोमा पूर्ण रूपमा जानकार रहेको बताए । उनले पनि निर्वाचित भइसकेपछि समृद्ध गोकुलगंगा बनाउने गरी काम गर्ने चाहेको बताए ।

 

त्यस्तै माओवादीका नेता एवं पूर्व गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ले आफ्नो २०७४ को निर्वाचनमा माओवादीको बलमा चुनाव जितेको एमाले अहिले राजा ल्याउने एजेण्डा बोकेर हिँडेको आरोप लगाउँदै नेकपा एमालेलाई देश भरीबाट हराउन आम मतदातालाई अनुरोध गरे ।

 

उनले जिल्लालाई आफू प्रतिनिधि सभाको सदस्य हुँदा पूर्ण बिद्युतिकरण गरिएको, दर्जनौँ पक्की पुल निर्माण भएका, सयौँ किलोमिटर सडक कालोपत्रे गरिएको बताउँदै अब ठुलठुला पूर्वाधारका काम गर्न अहिलेका गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।

 

चुनावी सभामा  रामेछापका निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, पार्टि सचिब दीपक खड्का  नेकपा माओवादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेविसंघका पूर्व महामन्त्री गजेन्द्र बहादुर कार्की, लगायतले आ आफनो धारणा राखेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...