Rajshow Bivag

आज काग तिहार मनाइँदै

Departmant of helth services

 

काठमाडौं: आज यमपञ्चकको दोस्रो दिन अर्थात् तिहार पर्व अन्तर्गत कागको पूजा गर्दै काग तिहार मनाइँदै छ ।

 

यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भएपनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ ।

 

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो ।

 

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

 

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।

 

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ ।

 

यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

 

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४९

    मेष - Aries चु, चे, चो, ला, लि,...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ५ बुधवार ०६:४२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४१

  काठमाडौं: संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई...

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:४५

  काठमाडौं: रामेछाप उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसले नयाँ वर्ष २०८१...