YouTube Link

आजदेखि सत्ता गठबन्धनको चुनावी अभियान सुरू

Facebook Link

 

काठमाडौं: मंसिर ४ मा हुने निर्वाचनका लागि सत्ता गठबन्धनले आजदेखि संयुक्तरूपमा चुनावी अभियान सुरू गर्दैछ ।

 

असोज २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णय अनुसार शुक्रबारबाट सात वटै प्रदेशमा गठबन्धन दलको संयुक्त कार्यकर्ता भेला आयोजना गरिने भएको हो ।

 

यसअघि काठमाडौं २ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले आज पोखरामा संयुक्त कार्यकर्ता भेलामा सम्बोधन गर्दैछन् ।

 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत कार्यक्रममा सहभागी हुने बताइएको छ ।

 

कांग्रेस गण्डकीका नेता प्रकाश बरालका अनुसार प्रशिक्षण पोखरा सभागृहमा बिहान ११ बजेबाट तय गरिएको छ । देउवा र नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । आजै २ बजे बुटवलमा पनि भेला आयोजना गरिएको छ ।

 

गठबन्धनले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । साथै प्रदेश तथा जिल्लाहरुमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय यसअघि गरेको छ ।

 

सत्ता गठबन्धनले शनिबार विराटनगर र जनकपुर, आइतबार धनगढी र सुर्खेतमा प्रादेशिक भेला गर्दैछन् । त्यस्तै कात्तिक ७ गते काठमाडौंमा भेलाको आयोजना गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...