Texas College
YouTube Link

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा, यस्तो छ गणितीय हिसाब

Facebook Link

 

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको छ ।

 

गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामका आधारमा कांग्रेसले गठबन्धन घटकको सहयोगमा तीमध्ये ६५ देखि ७५ सिट जित्ने आन्तरिक प्रक्षेपण गरेको छ ।

 

पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको कांग्रेस स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा ९१ मध्ये ७५ सिटमा अगाडि देखिन्छ । कांग्रेसका १६ उम्मेदवारमात्र एमाले नेतृत्वको गठबन्धनभन्दा पछाडि रहेको पाइन्छ ।

 

प्रदेश १ का ७, मधेसमा ३, लुम्बिनीमा, बागमती र गण्डकीका २-२ सिटमा कांग्रेस उम्मेदवार ‘रेड जोन’मा देखिन्छन् । ‘रेड जोन’मा परेको अधिकांश सिटमा पनि कांग्रेस उम्मेदवार झिनो मतले मात्र पछाडि देखिन्छन् । यसको आधारमा स्थानीय निर्वाचनपछि थपिएका नयाँ मतदाता ती क्षेत्रमा निर्णायक बन्ने सम्भावना छ ।

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच देशव्यापी चुनावी गठबन्धन भएको छ । मधेस प्रदेशमा उनीहरुसँग लोसपा पनि जोडिएको छ । यता एमाले, जसपा र राप्रपाबीच स्थानीय आवश्यकता अनुसार मात्र तालमेल भएको छ । कतिपय सिटमा उनीहरु मित्रवत् प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

स्थानीय निर्वाचनको गणितीय हिसाब

प्रदेश १

 

तेह्रथुममा स्थानीय तहको मत परिणामका आधारमा कांग्रेसकी सीता गुरुङ र एमालेका विजय सुब्बाबीच कडा टक्कर हुने देखिन्छ । यहाँ एमालेले २२ हजार ३१२, कांग्रेसले २१ हजार ९११, माओवादीले ६८६ र नेकपा एकीकृत समाजवादीले ५४६ मत स्थानीय निर्वाचनमा पाएका छन् । यस आधारमा एमाले उम्मेदवार सुब्बाभन्दा गठबन्धनको साथ पाएकी कांग्रेस उम्मेदवार गुरुङ ८३१ मतले अगाडि देखिन्छिन् ।

 

पाँचथरमा कांग्रेसले भीष्मराज आङदेम्बे र एमालेले बसन्त नेम्वाङलाई उम्मेदवार बनाएको छ । स्थानीय तह निर्वाचनमा यहाँ एमालेले ३० हजार ९५८, कांग्रेसले २५ हजार ६५, माओवादीले ११ हजार ८०८, जसपाले २ हजार ६४३, नेकपा एकीकृत समाजवादीले २ हजार १६१ र राप्रपाले एक हजार ९०९ मत पाएका छन् । यस आधारमा गठबन्धनको साथ पाएका कांग्रेस उम्मेदवार आङदेम्बेसँग एमालेका नेम्वाङ ८ हजार मतले पछाडि देखिन्छन् ।

 

धनकुटामा कांग्रेसका सुनिल थापा र एमालेका राजेन्द्र राईबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ सत्ता गठबन्धनको तुलनामा एमाले-जसपा गठबन्धन बलियो रहेको स्थानीय तहको मत परिणामले देखाउँछ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अनुसार यहाँ एमालेको ३६ हजार ३३६, कांग्रेसको २८ हजार १८२, माओवादीको ५ हजार ४५८, जसपाको २ हजार २९३, नेकपा एकीकृत समाजवादीको एक हजार ७२८ र राप्रपाको ३०४ मत छ । यस आधारमा कांग्रेसका उम्मेदवार थापाभन्दा एमाले उम्मेदवार राई ३ हजार २६१ मतले अघि छन् । स्थानीय निर्वाचनमा ३०४ मत पाएको राप्रपाले पनि यहाँ उम्मेदवारी दिएको छ ।

 

संखुवासभामा पनि सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ सत्तारुढ गठबन्धनबाट कांग्रेसका दीपक खड्का र एमालेबाट राजेन्द्र गौतम उम्मेदवार छन् । यहाँ एमालेको ३२ हजार ९११, कांग्रेसको ३० हजार ८४९, माओवादीको ७ हजार १२२, नेकपा एकीकृत समाजवादीको एक हजार १०१ र जसपाको ४७१ मत रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ । यस आधारमा गौतमभन्दा करिब ६ हजार मतले खड्का अघि छन् ।

 

ओखलढुंगामा सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामहरि खतिवडा र एमालेबाट यज्ञराज सुनुवार उम्मेदवार छन् । यहाँ कांग्रेसको ३२ हजार २८८, एमालेको २९ हजार ५९१, माओवादीको ६ हजार ९१६, जसपाको २ हजार १०४, नेकपा एकीकृत समाजवादीको ५२१ र राप्रपाको १४६ मत छ । यस आधारमा कांग्रेसका खतिवडा १० हजारभन्दा बढी मतले एमालेका सुनुवारभन्दा अघि देखिन्छन् ।

 

सोलुखुम्बुमा कांग्रेसका बलबहादुर केसी र एमालेका मानवीर राई मुख्य प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसको १९ हजार ६८, एमालेको १६ हजार ५९७, माओवादीको १२ हजार ४२५, नेकपा एकीकृत समाजवादीको १६३ र जसपाको १४२ मत छ । यस आधारमा कांग्रेसका केसीभन्दा एमालेका राई १५ हजार ५९ मतले पछाडि रहेको देखिन्छ ।

 

इलाम २ मा कांग्रेसका डम्बर खड्का र एमालेका सुवास नेम्वाङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको ३२ हजार ९७८, एमालेको ३२ हजार ५२७, माओवादीको २ हजार ७१७, जसपाको ५५४, नेकपा एकीकृत समाजवादीको २७७ र राप्रपाको १३० मत रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ । यस आधारमा खड्काभन्दा नेम्वाङ ३ हजार ४४५ मतले पछि देखिन्छन् ।

 

झापा-१ मा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेलबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राप्रपाको ५ हजार ९२२, माओवादीको ३ हजार ९०५, नेकपा एकीकृत समाजवादीको एक हजार २५२ र लोसपाको १६२ मत छ । जसका आधारमा ७ हजार ७७६ मतले खरेलभन्दा शर्मा पछाडि देखिन्छन् । यहाँ राप्रपा र एमालेबीच तालमेल भएको छ ।

 

झापा-३ मा कांग्रेस र राप्रपाबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको सहयोगमा कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेको सहयोगमा राप्रपाका राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको २५ हजार ९४९, राप्रपाको २१ हजार १५९, एमाले २१ हजार ८५, माओवादीको ६ हजार ६८८, जसपाको ५३७ र लोसपाको २०८ मत छ । यस आधारमा लिङ्देनभन्दा सिटौला ९ हजारभन्दा बढी मतले पछाडि छन् ।

 

झापा-४ मा कांग्रेसका देउकुमार थेबेविरुद्ध एमालेले एलपी साँवालाई अगाडि सारेको छ । यहाँ एमालेको ३१ हजार २७२, कांग्रेसको २८ हजार १६५, माओवादीको ६ हजार ३८२, राप्रपाको ४ हजार ५५६, नेकपा एकीकृत समाजवादीको ७०२, लोसपाको २४८ र जसपाको ११० मत छ । यहाँ थेवेभन्दा साँवा ३३१ मतान्तरले अघि छन् ।

 

झापा-५ मा एमालेका केपी शर्मा ओलीको प्रतिस्पर्धीका रुपमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी चुनावी मैदानमा छन् । यहाँ एमालेको ४१ हजार ६१९, कांग्रेसको २२ हजार २२, माओवादीको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीको एक हजार ९८८ मत छ । यस आधारमा ओली १५ हजार १७४ मतले अघि देखिन्छन् । झापामा एमाले-राप्रपाबीच चुनावी तालमेल छ ।

 

मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बु र एमालेका घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३२ हजार ३६६, कांग्रेसको ३१ हजार ४१३, माओवादीको ६ हजार ५८३, राप्रपाको २ हजार ८९०, नेकपा एकीकृत समाजवादीको एक हजार ९३ र जसपाको ४९४ मत छ । यस आधारमा खतिवडाभन्दा लिम्बु ६ हजार २२९ मतले अगाडि छन् ।

 

मोरङ-२ मा कांग्रेसबाट सुजाता कोइराला उम्मेदवार बनेकी छन् । उनलाई टक्कर दिन एमालेबाट ऋषि पोखरेल उम्मेदवार छन् । यहाँ एमालेको ३१ हजार ३३०, कांग्रेसको २८ हजार ६१७, माओवादीको ७ हजार २७१, जसपाको ४ हजार ४४५, राप्रपाको दुई हजार ६९, लोसपाको ५६६ र नेकपा एकीकृत समाजवादीको १८० मत छ । पोखरेलभन्दा कोइराला ८५९ मतले मात्र अगाडि रहेको स्थानीय तहको निर्वाचनमा दलगत मतले देखाउँछ । यहाँ राप्रपाले कसैसँग तालमेल गरेको छैन ।

 

मोरङ-३  मा कांग्रेसका सुनिल शर्मा र एमालेका भानुभक्त ढकाल चुनावी मैदानमा छन् । यहाँ राप्रपा नेतृ रेखा थापाको उम्मेदवारीले शर्मा र ढकालबीचको चुनावी प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ ।

 

यहाँ एमालेको ३७ हजार ४१०, कांग्रेसको ३६ हजार ९१६, माओवादीको ७ हजार ३७३, राप्रपाको २ हजार १२१, नेकपा एकीकृत समाजवादीको एक हजार ८५५ र जसपाको ४६३ मत रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ । यस आधारमा शर्मा ८ हजार २७२ मतले अगाडि देखिन्छन् । यहाँ राप्रपाले कसैसँग तालमेल गरेको छैन ।

 

मोरङ-६ मा कांग्रेसका शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २७ हजार ८६, एमालेको २४ हजार ५५६, माओवादीको ४ हजार ९९६, जसपाको ३ हजार ९३९, राप्रपाको ३ हजार ११५, नेकपा एकीकृत समाजवादीको २ हजार ३५५ र लोसपाको ८९५ मत देखिन्छ । यस आधारमा कोइरालाको पक्षमा ३५ हजार ३३२ र पण्डितको पक्षमा २८ हजार ४९५ मत देखिन्छ ।

 

सुनसरी-२ मा कांग्रेसका सिताराम मेहता र एमालेका भीम आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको ३७ हजार ७३७, एमालेको ३६ हजार ४७२, जसपाको ७ हजार ८५५, माओवादीको ३ हजार २५०, राप्रपाको ३ हजार ११०, नेकपा एकीकृत समाजवादीको २ हजार ११९ मत छ । त्यसैले मेहताभन्दा आचार्य एक हजार २२१ मतले अघि देखिन्छन् ।

 

सुनसरी-३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३५ हजार ५३, कांग्रेसको ३३ हजार ५७१, जसपाको ५ हजार ५१६, माओवादीको ३ हजार ८००, राप्रपाको ३ हजार ३३१ र नेकपा एकीकृत समाजवादीको ६२६ मत छ । यस आधारमा एमाले उम्मेदवार चौधरीभन्दा कांग्रेसका गच्छदार २ हजार ५८२ मतले पछि छन् । यहाँ राप्रपा एक्लै चुनावी प्रतिस्र्धामा छ ।

 

सुनसरी-४ मा सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध एमालेले जगदीश कुसियतलाई मैदानमा उतारेको छ । यहाँ कांग्रेसको २८ हजार ७५६, एमालेको २३ हजार ६१३, जसपाको ९ हजार ८६३, नेकपा एकीकृत समाजवादीको ३ हजार ७००, माओवादीको ३ हजार ६४६, राप्रपाको ३ हजार ४५७ र लोसपाको एक हजार ५०४ मत छ । यस आधारमा कुसियतभन्दा कार्की ४३० मतले मात्र अघि छन् । यहाँ राप्रपा भने एक्लै प्रतिस्पर्धामा छ ।

 

उदयपुर-१ मा परराष्ट्रमन्त्री तथा कांग्रेस नेता डा. नारायण खड्का उम्मेदवार छन् भने एमालेबाट मञ्जुकुमारी चौधरी । यहाँ एमालेको २१ हजार ६५२, कांग्रेसको २० हजार ७५७, माओवादीको ८ हजार १७९, जसपाको २ हजार ४२९, नेकपा एकीकृत समाजवादीको एक हजार ९९४ र राप्रपाको एक हजार ६३३ मत छ । यस आधारमा चौधरीभन्दा खड्का ९ हजार २७८ मतले अघि छन् ।

 

मधेस प्रदेश

सप्तरी-१ मा कांग्रेसका रामदेव साह र जसपाबाट नवकिशोर यादवबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २१ हजार ४५६, एमालेको १७ हजार १५८, जसपाको १७ हजार १३७, जनमत पार्टीको ९ हजार ४३३, माओवादीको ८ हजार ४९६, लोसपाको एक हजार ६४६, नेकपा एकीकृत समाजवादीको ७४२ र राप्रपाको ७२९ मत रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ । यस आधारमा यहाँ कांग्रेसका साह एमालेको साथ पाएका जसपाका यादवभन्दा एक हजार ९५७ मतले पछि छन् ।

 

सप्तरी-३ मा कांग्रेसका दिनेशकुमार यादव र एमालेका ताराकान्त चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यादवलाई सत्ता गठबन्धन र चौधरीलाई जसपाको साथ छ । यहाँ जसपाको १९ हजार ४५८, कांग्रेसको १८ हजार ३२३, एमालेको १४ हजार १५९, लोसपाको ७ हजार ७४८, नेकपा एकीकृत समाजवादीको ५ हजार २२६, माओवादीको ४ हजार ७५१, जनमत पार्टीको ३ हजार ६६५ र राप्रपाको एक हजार २२७ मत छ । यस आधारमा चौधरीभन्दा यादव १२ हजार मतले अगाडि देखिन्छन् ।

 

सप्तरी-४ मा कांग्रेसका तेजुलाल चौधरी र जसपाका बालकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुनेछ । स्थानीय तह निर्वाचन परिणाम अनुसार यहाँ कांग्रेसको १६ हजार ९७५, जसपाको १५ हजार ६८२, एमालेको १० हजार ४४, नेकपा एकीकृत समाजवादीको ८ हजार ४५०, माओवादीको ६ हजार ९२०, जनमत पार्टीको ५ हजार ४०२, लोसपाको ३ हजार ८४८ र राप्रपाको ५०३ मत छ । यस आधारमा चौधरी १० हजार ४६७ मतले अघि देखिन्छन् । सप्तरीमा जनमत र राप्रपा एक्लाएक्लै चुनावी मैदानमा छन् ।

 

सिरहा-१ मा कांग्रेसका पद्मनाराण चौधरी र एमालेका रामशंकर यादवबीच टक्कर हुने देखिन्छ । यहाँ कांग्रेसको २० हजार ७८७, एमालेको १६ हजार १५२, जसपाको ११ हजार ४५१, नेकपा एकीकृत समाजवादीको ७ हजार ४८६, माओवादीको ३ हजार ९९८ र जनमत पार्टीको एक हजार २२१ मत छ । उक्त परिणामका आधारमा पाँच दलीय गठबन्धनका चौधरी ४ हजार ७१६ मतले अघि देखिन्छन् ।

 

सिरहा-२ मा कांग्रेसका चित्रलेखा यादव र जसपाका राजकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ स्थानीय तहको निर्वाचनमा खसेको मतका आधारमा जसपाको २१ हजार ९७, कांग्रेसको १९ हजार ४७४, एमालेको १८ हजार ३५८, माओवादीको ११ हजार ६५८, जनमत पार्टीको ५ हजार १०१, नेकपा एकीकृत समाजवादीको ३ हजार ९२३, लोसपाको ९७९ र राप्रपा २५३ मत छ ।

 

यस आधारमा एमालेका साथ पाएका राजकिशोर ४ हजार ४२१ मतले अघि छन् । सिरहामा पनि जनमत र राप्रपाले एकल उम्मेदवारी उठाएको अवस्था छ ।

 

धनुषा-२ मा कांग्रेसलाई माओवादी र लोसपा साथ छ भने एमाले, जसपा, जनमत र राप्रपा एकल प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ कांग्रेसको २१ हजार २३२, जसपाको १३ हजार ८८९, एमालेको ११ हजार ५८३, माओवादीको १० हजार ७९४, नेकपा एकीकृत समाजवादीको ८ हजार ९९७, लोसपाको ६ हजार ७१३, जनमत पार्टीको ४ हजार २८३ र राप्रपाको २१३ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यस क्षेत्रमा उम्मेदवार रहेका कांग्रेसका रामकृष्ण यादव जसपाका गंगाराम यादवभन्दा २४ हजार ८५० मतले अघि रहेको उक्त तथ्याङ्कले देखाउँछ ।

 

धनुषा-४ मा कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २५ हजार १९५, एमालेको २३ हजार ६३०, जसपाको ८ हजार ३७८, नेकपा एकीकृत समाजवादीको ८ हजार १६४, माओवादीको ४ हजार ४३४, लोसपाको २ हजार १८४, जनमत पार्टीको एक हजार ९५०, राप्रपाको ५१४ मत छ । यस आधारमा गठबन्धनका साझा उम्मेदवार यादव एमालेका महासेठभन्दा १६ हजार ३४७ मले अघि देखिन्छन् । यहाँ जसपा र राप्रपा पनि प्रतिस्पर्धामा छन् ।

 

महोत्तरी-४ मा कांग्रेसका महेन्द्रकुमार राय यादव र जसपाका सुरेन्द्र यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको १७ हजार ७१८, लोसपाको ११ हजार ३५३, एमालेको १० हजार ३९६, जसपाको ९ हजार ७०९, माओवादीको ७ हजार ८१३, नेकपा एकीकृत समाजवादीको ९८५ र राप्रपाको १९७ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यस आधारमा सुरेन्द्रभन्दा महेन्द्र १७ हजार ७६४ मतले अघि छन् ।

 

सर्लाही-४ मा कांग्रेसका नागेन्द्र कुमार रायविरुद्ध जसपाका राकेश मिश्रको उम्मेदवारी छ । यहाँ कांग्रेसको २३ हजार १३१, माओवादीको १८ हजार ६१५, लोसपाको १४ हजार ७३१, एमालेको ११ हजार ६७४, जसपाको ६ हजार ४३३, जनमत पार्टीको २ हजार ६१२, नेकपा एकीकृत समाजवादीको ६०९ र राप्रपाको ३९७ मत छ । यस आधारमा एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार मिश्रभन्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार राय ३९ हजार ९७९ मतले अघि देखिन्छन् ।

 

रौतहट-२ मा कांग्रेसका फिर्दोष आलम र जसपाका शैलेन्द्र साहबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २० हजार ४०७, एमालेको १६ हजार १५९, जसपाको ११ हजार ५२४, नेकपा एकीकृत समाजवादीको १० हजार २६७, माओवादीको ८ हजार २२३, लोसपाको ५ हजार २७३ र जनमत पार्टीको एक हजार २०७ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यस आधारमा यहाँ कांग्रेसका आलम १६ हजार ४८७  मतले अगाडि देखिन्छन् ।

 

रौतहट-४ मा कांग्रेसका देवप्रसाद तिमलसेना र एमालेका उद्धव रेग्मी चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको २४ हजार १५१, नेकपा एकीकृत समाजवादीको १५ हजार ५३४, माओवादी १५ हजार ३३, एमालेको १२ हजार ९७५, जसपाको ६ हजार १३४, राप्रपाको ६१२, जनमत पार्टीको ६०८ र लोसपाको ५५३ मत छ । स्थानीय तह निर्वाचनको उक्त मतका आधारमा रेग्मीभन्दा तिमलसेना ३६ हजार १६१ मतले अगाडि देखिन्छन् ।

 

बारा-१ मा कांग्रेसका उमाकान्त चौधरी अचुत मैनालीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको ३२ हजार ३५६, एमालेको २५ हजार ८०८, लोसपाको ९ हजार ५०५, माओवादीको ६ हजार ३४३, जसपाको ६ हजार १४३, राप्रपाको एक हजार ९७३, नेकपा एकीकृत समाजवादीको एक हजार ९४० मत छ । यस आधारमा कांग्रेसका चौधरी १८ हजार १९३ मतले अगाडि देखिन्छन् ।

 

पर्सा-२ मा कांग्रेसका अजयकुमार चौरसिया र जसपाका सुरेन्द्र कुर्मीबीच कडा टक्कर छ । यहाँ जसपा र एमालेबीच तालमेल छ । यो क्षेत्रमा कांग्रेसको २० हजार ८१९, एमालेको १६ हजार ९३५, जसपाको १५ हजार ३२८, लोसपाको ३ हजार ३१३, नेकपा एकीकृत समाजवादीको दुई हजार ९२ र माओवादीको एक हजार ९९५ मत रहेको स्थानीय तहको निर्वाचनबाट देखिन्छ । यस आधारमा कुर्मीभन्दा चौरसिया ४ हजार ४४ मतले पछाडि छन् ।

 

पर्सा-३ मा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी र एमालेका राजकुमार चौधरी प्रतिस्पर्धामा छन् । स्थानीय तहको निर्वाचन अनुसार यहाँ कांग्रेसको २४ हजार ११९, एमालेको २० हजार ६३, जसपाको १० हजार ७८७, लोसपाको २ हजार ८८७, माओवादीको २ हजार ७८०, नेकपा एकीकृत समाजवादीको एक हजार ४६०, राप्रपाको ५१० मत छ । यस आधारमा कांग्रेसका सुरेन्द्र ३९६ मतले मात्र अगाडि देखिन्छन् ।

 

पर्सा-४ मा कांग्रेसका रमेश रिजाल र एमालेका अलिम मिया मुख्य प्रतिस्पर्धी छन् । यहाँ कांग्रेसको २३ हजार ९१, एमालेको १८ हजार ११८, जसपाको १३ हजार ६२७, माओवादीको ५ हजार ८९६, लोसपाको २ हजार १२३, नेकपा एकीकृत समाजवादीको एक हजार ३३६, राप्रपाको ३८९ रहेको यहाँ रिजाल ७०१ मतले मात्र अघि रहेको स्थानीय तहको मत परिणामले देखाउँछ ।

 

बागमती प्रदेश

काभ्रे-२ मा कांग्रेसका शिवप्रसाद हुमागाइँ र एमालेका गोकुल बाँस्कोटाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको मत परिणाम अनुसार यहाँ एमालेको ४५ हजार ५१४, कांग्रेसको ४५ हजार ४५६, नेकपा एकीकृत समाजवादीको ८ हजार ६७६, माओवादीको ६ हजार ३७० र राप्रपाको २ हजार ३५४ मत छ । यस आधारमा हुमागाइँभन्दा बाँस्कोटा १४ हजार ९८८ मतले पछि देखिन्छन् ।

 

ललितपुर-१ मा कांग्रेसका उदयशमशेर राणा र एमालेका नवराज सिलवालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।  यहाँ कांग्रेसको २३ हजार ८५४, एमालेको १८ हजार ९९३, माओवादीको ६ हजार १३३ र राप्रपाको एक हजार ७५७ मत रहेको स्थानीय तहको मत परिणामले देखाउँछ । यस आधारमा सिलवालभन्दा राणा १२ हजार २०६ मतले अघि देखिन्छन् ।

 

भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको निर्वाचनका आधारमा यहाँ कांग्रेसको २५ हजार ७६४, एमालेको २४ हजार २८६, नेमकिपाको ४ हजार ९२५, राप्रपाको ४ हजार १७२, नेकपा एकीकृत समाजवादीको एक हजार २०२, माओवादीको एक हजार ४५ मत छ । त्यसैले बस्नेतभन्दा थापा ३ हजार ७२५ मतले अघि देखिएका छन् ।

 

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंहविरुद्ध एमालेले किरण पौडेललाई उम्मेदवार बनाएको छ । यहाँ राप्रपाका रवीन्द्र मिश्र र स्वतन्त्र उम्मेदवारलाई पनि प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यो क्षेत्र अन्तर्गतका वडामा कांग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको एक हजार ३७६ र माओवादीको एक हजार १५९ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यस आधारमा पौडेलको तुलनामा सिंह ३५४ मतले अगाडि देखिन्छन् ।

 

काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे र एमालेका कृष्ण राईबीच मुख्य प्रतिस्पर्धा हुने छ । यहाँ कांग्रेसको १५ हजार ७९५, एमालेको १४ हजार ८७६, माओवादीको एक हजार ७३०, राप्रपाको एक हजार ३१४, नेकपा एकीकृत समाजवादीको एक हजार ५६ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यस आधारमा एमालेको तुलनामा कांग्रेस एक्लै एक हजार ९७५ मतले अघि देखिन्छ ।

 

काठमाडौं-४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यहाँ एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एकीकृत समाजवादीको २ हजार ४१४, राप्रपाको २ हजार २९३, माओवादीको ८४४ र जसपाको ३१७ मत छ । यहाँ भट्टराईको तुलनामा थापा २५ सय १५ मतले अघि देखिन्छन् ।

 

काठमाडौं-५ मा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेललाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । स्थानीय तहको निर्वाचनका आधारमा यहाँ एमालेको १९ हजार ७०३, कांग्रेसको १४ हजार ८५३, राप्रपाको २ हजार ८२२, नेकपा एकीकृत समाजवादीको एक हजार ८२७, माओवादीको एक हजार १६८ र जसपाको ५८ मत छ । उक्त मत अनुसार पौडेलभन्दा पोखरेल एक हजार ८५५ मतले अघि देखिन्छन् ।

 

काठमाडौं-६ मा कांग्रेसका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनालबीच प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको १७ हजार २७७, एमालेको १४ हजार ३०३, माओवादीको २ हजार ४६२, नेकपा एकीकृत समाजवादीको एक हजार ८५९ र राप्रपाको एक हजार ८१६ मत छ । यस आधारमा प्रधान ६ हजार ३८० मतले अगाडि देखिन्छन् ।

 

काठमाडौं-१० मा कांग्रेसका राजेन्द्र कुमार केसी र एमालेका हिमेश केसीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तह निर्वाचन अनुसार यहाँ कांग्रेसको २४ हजार ६७५, एमालेको १८ हजार ८३८, माओवादीको ४ हजार ९४२, राप्रपाको २ हजार ४९६ र नेकपा एकीकृत समाजवादीको एक हजार ३४२ मत छ । यस आधारमा कांग्रेसको एकल मत नै एमालेको तुलनामा ७ हजार १६१ मतले बढी देखिन्छ ।

 

रसुवामा कांग्रेसबाट मोहन आचार्य र एमालेबाट छेवाङ तेञ्जेन तामाङ उम्मेदवार छन् । यहाँ कांग्रेसको ११ हजार ८३९, एमालेको ११ हजार ४०, माओवादीको ४ हजार ३९२ र जसपाको ५६८ मत देखिन्छ । यस आधारमा कांग्रेसका उम्मेदवार आचार्य ५ हजार १९१ मतले अघि देखिन्छन् ।

 

नुवाकोट-२ मा कांग्रेसका अर्जुननरसिंह केसी र एमालेका नारायण खतिवडा प्रमुख प्रतिस्पर्धीका रुपमा मैदानमा छन् । यहाँ कांग्रेसको २९ हजार ८६१, एमालेको २६ हजार ३७७, माओवादीको १६ हजार ६७, राप्रपाको २ हजार २११ र नेकपा एकीकृत समाजवादीको ९६१ मत छ । यस आधारमा कांग्रेसका केसी २० हजार मतले अघि देखिन्छन् ।

 

सिन्धुली-१ मा कांग्रेसका श्यामकुमार घिमिरे र एमालेका प्रदीप कटुवालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २९ हजार ८९, एमालेको २८ हजार ६२०, माओवादीको १३ हजार ३६९, राप्रपाको ३३२ र नेकपा एकीकृत समाजवादीको १८७ मत छ । यस आधारमा घिमिरेभन्दा कटुवाल १४ हजार २५ मतले पछि देखिन्छन् ।

 

सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । यहाँ एमालेको ३१ हजार ७७६, कांग्रेसको २९ हजार ३०२, माओवादीको १६ हजार ७९, राप्रपाको ५ हजार ९३२, र नेकपा एकीकृत समाजवादीको एक हजार ६६३ मत छ । यस आधारमा यहाँ कांग्रेसका बस्नेत १७ हजार ७४२ मतले अघि देखिन्छन् ।

 

धादिङ-१ मा कांग्रेसका रामनाथ अधिकारी र एमालेका खेम लोहनीबीच कडा टक्कर हुने देखिन्छ । यहाँ कांग्रेसको २९ हजार ९६५, एमालेको २५ हजार ९३८, माओवादीको १४ हजार ३८०, राप्रपाको ५ हजार २८७, नेकपा एकीकृत समाजवादीको ३४५६, जसपाको एक हजार ६० मत छ । जसका आधारमा लोहनीलाई राप्रपाको समर्थन रहँदा पनि कांग्रेसका अधिकारी १६ हजार ५७६ मतले अघि देखिन्छन् ।

 

मकवानपुर-१ मा कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ र एमालेको चुनाव चिह्नबाट उम्मेदवार बनेका राप्रपा नेपालका कमल थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३८ हजार ५६, कांग्रेसको ३४ हजार ७२, माओवादीको १६ हजार ५४२, राप्रपाको ४ हजार ७०, नेकपा एकीकृत समाजवादीको ३ हजार २८३ मत छ । यस आधारमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी उपाध्याय १४ हजार ९४ मतले अघि देखिन्छिन् ।

 

चितवन-१ मा कांग्रेसका विश्वनाथ पौडेल र एमालेका सुरेन्द्र पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र नेकपा एकीकृत समाजवादीको ४ हजार ५ मत रहेको स्थानीय तहको निर्वाचनले देखाएको छ । यस आधारमा गठबन्धनको साथ रहेका कांग्रेसका पौडेलभन्दा पाण्डे ९ हजार ६९० मतले पछि छन् ।

 

चितवन-२ मा कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा एमालेको ३५ हजार ५४३, कांग्रेसको २४ हजार ५३१, माओवादीको ७ हजार ३७४, नेकपा एकीकृत समाजवादीको ३ हजार ५६९, राप्रपाको २ हजार ११३ र जसपाको ५८ मत छ । यस आधारमा यहाँ सत्तारुढ गठबन्धनको तुलनामा एमाले ६९ मतले अगाडि देखिन्छ ।

 

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ र एमालेका कैलाश ढुंगेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको ४१ हजार ५१, एमालेको ३९ हजार ३३, माओवादी २७ हजार ३९, नेकपा एकीकृत समाजवादीको एक हजार ५७० र राप्रपाको ९३५ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ, जसका आधारमा तामाङ ३० हजार ६२७ मतले अगाडि देखिन्छन् ।

 

गण्डकी प्रदेश

तनहुँ-१ मा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका एकबहादुर राना चुनावी मैदानमा छन् । उनीहरुलाई कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको पनि चुनौती छ । यहाँ कांग्रेसको ३३ हजार १०६, एमालेको २२ हजार २१०, माओवादीको ८ हजार ४७४, राप्रपाको एक हजार ७७५, नेकपा एकीकृत समाजवादीको ८९२ र जसपाको ५४ मत छ । यस आधारमा पौडेल २० हजार २६२ मतले अघि देखिन्छन् ।

 

यस्तै तनहुँ-२ मा कांग्रेसका शंकर भण्डारी र एमालेका किरण गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३० हजार ९६२, कांग्रेसको ३० हजार ६०६, माओवादीको ६ हजार ८३६, नेकपा एकीकृत समाजवादीको एक हजार २५२ र राप्रपाको ९५५ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ, जसका आधारमा भण्डारी ७ हजार ७१९ मतले अघि देखिन्छन् ।

 

स्याङ्जा-१ मा कांग्रेसका राजु थापा र एमालेका नारायण मरासिनीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको ३७ अजार ५१०, एमालेको ३६ हजार ८४५, माओवादीको एक हजार ९८४ र राप्रपाको एक हजार २ मत छ । जसका आधारमा कांग्रेसका थापा २ हजार २४९ मतले अघि देखिन्छन् ।

 

स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरुङ र एमालेकी पद्मा अर्यालबीच कडा टक्कर हुने देखिन्छ । यहाँ कांग्रेसको ३६ हजार ८०६, एमालेको ३४ हजार ८०९, माओवादीको एक हजार २४३, राप्रपाको ५११ र नेकपा एकीकृत समाजवादीको २३३ मत छ । यो तथ्यांकले गुरुङभन्दा अर्याल ३ हजार ४५३ मतले पछि देखिन्छिन् ।

 

नवलपुर-१ मा कांग्रेसका शशांक कोइरालाविरुद्ध एमालेका कृष्ण पौडेल चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको ४० हजार ५११, एमालेको ३९ हजार ९५१, राप्रपाको २ हजार ३७३, माओवादीको एक हजार ९२१ र जसपाको १८८ मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । यसरी हेर्दा कांग्रेसका कोइराला २ हजार ४८१ मले अघि देखिन्छन् ।

 

पर्वतमा कांग्रेसका अर्जुन जोशी र एमालेका पदम गिरिबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको निर्वाचन अनुसार यहाँ एमालेको ३५ हजार ७१६, कांग्रेसको २९ हजार ३४४, माओवादीको ५ हजार ३६१, नेकपा एकीकृत समाजवादीको ५४६, राप्रपाको ४९३ मत छ । जसले गिरिभन्दा जोशी ४६५ मतले पछि देखिन्छन् ।

 

मनाङमा कांग्रेसका टेकप्रसाद गुरुङ र एमालेका पाल्तेन छापेन गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ एमालेको एक हजार २५८ र कांग्रेसको एक हजार २२० मत छ । जसका आधारमा एमालेका गुरुङ ३८ मतले अघि देखिन्छन् ।

 

कास्की-१ मा कांग्रेसका किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको ३३ हजार ८३७, एमालेको ३० हजार १९६, माओवादीको ३ हजार २७८ र राप्रपाको एक हजार ८१८ मत रहेको स्थानीय तहको निर्वाचनले देखाएको छ । यो आँकडा अनुसार कांग्रेसका बराल ६ हजार ९१६ मतले अघि देखिन्छन् ।

 

गोरखा-१ मा कांग्रेसका राजेन्द्र बजगाईँ र एमालेका रामशरण बस्नेत मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको २७ हजार ८४, माओवादीको २५ हजार ४७२, एमालेको १४ हजार ५६६, जसपाको २ हजार ७५४, राप्रपाको २२७ र नेकपा एकीकृत समाजवादीको ७० मत छ, जसले सत्तारुढ गठबन्धनका बजगाईँभन्दा एमाले उम्मेदवार बस्नेत ४० हजार ९३४ मतले पछाडि पर्ने देखिन्छ ।

 

म्याग्दीमा कांग्रेसका खमबहादुर गर्जुवा र एमालेका हरिकृष्ण श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको २३ हजार २१०, कांग्रेसको २० हजार ३८, माओवादीको ८ हजार ५९३ र राप्रपाको २१७ मत छ, जसका आधारमा कांग्रेसका गर्जुवा ५ हजार ४२१ मतले अघि देखिन्छन् ।

 

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र एमालेका प्रेम तुलाचनबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यहाँ एमालेको ३ हजार १२८, कांग्रेसको २ हजार ७४२ र राप्रपाको १८ मत छ । यहाँ कांग्रेसको तुलनामा एमाले ३८७ मतले अघि छ ।

 

नवलपुर-२ मा कांग्रेसका विष्णु कुमार कार्की र एमालेका तिलक महतबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ४१ हजार ७९८, कांग्रेसको ३८ हजार ६१९, राप्रपाको २ हजार ३५५, माओवादीको एक हजार ७४२, जसपाको ३०३ र नेकपा एकीकृत समाजवादीको २१४ मत छ । यस आधारमा कार्कीभन्दा महत एक हजार २२३ मतले अघि देखिन्छन् ।

 

लुम्बिनी प्रदेश

गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच कडा टक्कर हुने देखिन्छ । स्थानीय तह निर्वाचनले यहाँ एमालेको ३५ हजार ७०१, कांग्रेसको ३१ हजार २९४, माओवादीको ४ हजार ९७०, राजमोको एक हजार ६०० र नेकपा एकीकृत समाजवादीको ४९७ मत देखाउँछ । जसका आधारमा ज्ञवालीभन्दा कांग्रेसका भण्डारी २ हजार ६६० मतले अघि देखिन्छन् ।

 

नवलपरासी-१ मा कांग्रेसका विनोद चौधरी र एमालेका साथ पाएका जनता प्रगतिशील पार्टीका हृयदेश त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको ३० हजार ३४२, एमालेको २६ हजार ७७९, राप्रपाको ६ हजार ६८७, माओवादीको ५ हजार ३४७, जसपाको ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीको एक हजार १४१ र लोसपाको १०० मत छ । ३ हजार मत भएका त्रिपाठीलाई एमालेले समर्थन गर्दा पनि कांग्रेसका चौधरी ६ हजारभन्दा बढी मतले अघि देखिन्छन् ।

 

नवलपरासी-२ मा कांग्रेसका देवेन्द्रराज कँडेल र एमालेका दिपेन्द्र अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत रहेकाले कांग्रेसका कँडेल १६ हजार ९६० मतले अघि देखिन्छन् ।

 

रुपन्देही-३ मा सत्ता गठबन्धनबाट कांग्रेसका बालकृष्ण खाण र एमालेसँगको तालमेलबाट राप्रपाका दिपक बोहोरा उम्मेदवार छन् । यहाँ कांग्रेसको ३४ हजार १५३, एमालेको २९ हजार ४८, राप्रपाको १३ हजार ३९७, जसपाको ६ हजार १८३, माओवादीको २ हजार ८८१, लोसपाको २ हजार १७४ र नेकपा एकीकृत समाजवादीको ९७७ मत छ । यस आधारमा बोहोराभन्दा खाण ६ हजार ४६१ मतले पछाडि देखिन्छन् ।

 

रुपन्देही-४ मा कांग्रेसका प्रमोद यादव र लोसपाका सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ जनमत, एमाले, जसपा लगायत एक्लाएक्लै चुनावी मैदानमा छन् । यहाँ लोसपाको १६ हजार २२६, कांग्रेसको १५ हजार ६२७, जनमत पार्टीको ७ हजार ७३४, एमालेको ७ हजार ६०५, जसपाको ७ हजार ४९७, राप्रपाको ५ हजार ६९९, माओवादीको ३ हजार ८०२ र एकीकृत समाजवादीको एक हजार १९८ मत छ । गठबन्धन बाहिर रहेका शुक्लाभन्दा माओवादी र एकीकृत समाजवादीको साथ पाएका यादव ४ हजार ४०१ मतले अघि देखिन्छन् ।

 

रुपन्देही-५ मा कांग्रेसका भरतकुमार शाह र एमालेका बासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको २७ हजार १४५, कांग्रेसको २६ हजार ८८८, जसपाको ९ हजार ३३७, जनमत पार्टीको ५ हजार ६५६, माओवादीको ४ हजार ६२५, लोसपाको ३ हजार ५५६, राप्रपाको २ हजार ८१३, नेकपा एकीकृत समाजवादीको एक हजार १६३ मत छ । यहाँ एमाले र जसपाले तालमेल नगरेका कारण कांग्रेसका शाह माओवादी र एकीकृत समाजवादीको मतसहित ५ हजार ५३१ मतले अगाडि देखिन्छन् ।

 

कपिलवस्तु-२ मा कांग्रेसका सुरेन्द्र आचार्य र एमालेका बृजेशकुमार गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको निर्वाचन अनुसार यहाँ सत्तारुढ गठबन्धन एक हजार ९४२ मतले अघि देखिन्छ । यहाँ कांग्रेसको ३० हजार ९९८, एमालेको २७ हजार २९८, जसपाको ६ हजार ९०८, लोसपाको ६ हजार ३८६, माओवादीको ४ हजार ४५९, राप्रपाको २ हजार ३५ र नेकपा एकीकृत समाजवादीको ६९१ मत छ ।

 

कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाह र एमालेका मंगल गुप्ता चुनावी मैदानमा उत्रिएका छन् । यहाँ एमालेको १८ हजार ७४७, कांग्रेसको १५ हजार ७७०, जसपाको ९ हजार ९७४, माओवादीको ६ हजार ८४४, राप्रपाको ६ हजार ७४, लोसपाको ४ हजार ६७५ र नेकपा एकीकृत समाजवादीको एक हजार ९८६ मत छ । यस आधारमा कांग्रेसका शाह १० हजार ५२८ मतले अगाडि छन् ।

 

अर्घाखाँचीमा कांग्रेसकी पुष्पा भुसाल र एमालेका टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ४८ हजार २६०, कांग्रेसको ३७ हजार ९२५, माओवादीको ७ हजार ७९०, राजमोको ४ हजार २९४ र नेकपा एकीकृत समाजवादीको ३ हजार ७६३ मत छ । जसका आधारमा रायमाझीभन्दा भुसाल ५ हजार ५१२ मतले अघि छिन् ।

 

दाङ-३ मा कांग्रेसका दिपक गिरि र एमालेकी कोमल वलीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८०, नेकपा एकीकृत समाजवादीको एक हजार ९३८, राप्रपाको एक हजार ४४४ र जसपाको १८२ मत छ । जसका आधारमा वलीभन्दा गिरि २३ हजार ५४२ मतले अघि देखिन्छन् ।

 

बाँके-२ मा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । कांग्रेसका सुदिपनरसिंह राणा, राप्रपाका धवलशम्शेर राणा, जसपाका ईस्तियाक राईबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । यहाँ कांग्रेसको १८ हजार ३७, एमालेको १५ हजार ४७८, जसपाको १३ हजार ८०९, राप्रपाको ८ हजार ४९४, माओवादीको ६ हजार ८५९, नेकपा एकीकृत समाजवादीको ८२१, लोसपाको ५६४ मत छ । राप्रपाका राणालाई एमालेको साथ हुँदा पनि कांग्रेसका राणा २ हजार ३०९ मत अघि देखिन्छन् ।

 

बाँके-३ मा कांग्रेसका किशोरसिंह राठौर र एमालेका किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २५ हजार ६८९, एमालेको २२ हजार १५९, माओवादीको १४ हजार ८१८, राप्रपाको ४ हजार ६४१, जसपाको ४ हजार १९९, नेकपा एकीकृत समाजवादीको २ हजार ३४८ र लोसपाको एक हजार ३७ मत छ । जसका आधारमा राठौर २० हजार मतले अगाडि देखिन्छन् ।

 

बर्दिया-१ मा कांग्रेसका सञ्जय गौतम र एमालेका लक्ष्मण ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३६ हजार ८१२, कांग्रेसको ३४ हजार ६२२, माओवादीको २४ हजार ३४१, राप्रपाको ३ हजार १९०, जसपाको २ हजार २३७, नेकपा एकीकृत समाजवादीको एक हजार ६५२ र लोसपाको १५६ मत छ । स्थानीय तहको निर्वाचन अनुसार गौतम २३ हजार ८०३ मतले अगाडि देखिन्छन् ।

 

पाल्पा-१ मा कांग्रेसका ज्ञानबहादुर गाहा र एमालेका नारायणप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३४ हजार ७७१, कांग्रेसको २७ हजार १५०, माओवादीको एक हजार १६४ र राप्रपाको २२३ मत छ । जसका आधारमा गाहाभन्दा आचार्य ६ हजार ४५७ मतले अघि देखिन्छन् ।

 

कर्णाली प्रदेश

मुगुमा कांग्रेसका ऐन बहादुर शाही र एमालेका राजु कार्कीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ९ हजार ८९४, कांग्रेसको ८ हजार ९४९, माओवादीको ३ हजार ८७६ र नेकपा एकीकृत समाजवादीको एक हजार ४८५ मत छ । गठबन्धनको मत जोड्दा कांग्रेसका शाही ४४१६ मतले अघि देखिन्छन् ।

 

सुर्खेत-१ मा कांग्रेसका पूर्णबहादुर खड्का र एमालेका ध्रुवकुमार शाहीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको ३६ हजार ९२८, एमालेको ३४ हजार ८४३, माओवादीको ५ हजार ७५, राप्रपाको ६६४ र नेकपा एकीकृत समाजवादीको ६३४ मत छ । जसका आधारमा खड्का ७ हजार ७९४ मतले अघि देखिन्छन् ।

 

सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी र एमालेका अमृतबहादुर बुढा क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३० हजार ४६९, कांग्रेसको २९ हजार ५४०, माओवादीको ११ हजार ६६१, राप्रपाको ३ हजार ४९७ र नेकपा एकीकृत समाजवादीको २ हजार ६२ मत छ । यो आँकडाले थानी १० हजार ८९५ मतले अघि देखिन्छन् ।

 

दैलेख-२ मा कांग्रेसका दिक्पाल शाही र एमालेका लक्ष्मी पोखरेल मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको २० हजार ३४४, एमालेको १९ हजार ६१, नेकपा एकीकृत समाजवादीको ५ हजार ५२९, माओवादीको ३ हजार १७५ र राप्रपाको ९७६ मत छ । यसरी कांग्रेसका शाहीभन्दा एमालेका पोखरेल ५ हजार २९५ मतले पछि देखिन्छन् ।

 

सुदूरपश्चिम प्रदेश

डडेल्धुरामा कांग्रेसका शेरबहादुर देउवाविरुद्ध कांग्रेस (बीपी)का कर्णबहादुर मल्ल मुख्य प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसको २१ हजार ७३५, माओवादीको १२ हजार ८७८, एमालेको १० हजार ४४९, नेकपा एकीकृत समाजवादीको ५ हजार ४१, कांग्रेस (बीपी)को ३ हजार ५४२, राप्रपाको ७१४ र जसपाको १५६ मत छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत जोड्दा ३९ हजार ६५४ हुन आउँछ । यहाँ एमाले र नेपाली कांग्रेस (बीपी)को मत एक ठाउँमा राख्दा पनि देउवा २५ हजारभन्दा बढी मतले अघि देखिन्छन् ।

 

बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच कडा टक्कर हुने अनुमान गरिएको छ । यहाँ एमालेको २७ हजार ८४४, कांग्रेसको २४ हजार ३०४, माओवादीको ४ हजार २२९, नेकपा एकीकृत समाजवादीको एक हजार ६८९ र राप्रपाको १७२ मत छ । यस आधारमा कांग्रेसका पाण्डेभन्दा एमालेका थापा ३ हजार ३७८ मले पछि देखिन्छन् ।

 

दार्चुलामा कांग्रेसका दिलेन्द्र बडू र एमालेका गणेश ठगुन्नाबीच कडा टक्कर हुने देखिन्छ । यहाँ एमालेको २९ हजार ३९७, कांग्रेसको २१ हजार ५५४, माओवादीको ७ हजार ८८१, राप्रपाको १७७ र एकीकृत समाजवादीको १७१ मत छ । यस आँकडा अनुसार बडू २०९ मतले मात्र अघि छन् ।

 

अछाम-२ मा कांग्रेसका पुष्प शाह र एमालेका यज्ञबहादुर बोगटीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । स्थानीय तह निर्वाचन अनुसार यहाँ कांग्रेसले १९ हजार ३३९, एमालेले १७ हजार ९८७, माओवादीको ६ हजार ४४१ र एकीकृत समाजवादीको २ हजार १७५ मत छ । जसका आधारमा कांग्रेसका शाह ९ हजार ९९७७ मतले अघि देखिन्छन् ।

 

कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउद र एमालेका नरबहादुर धामीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २२ हजार ३७९, एमालेको १८ हजार ८२८, माओवादीको १२ हजार ५७२, नेकपा एकीकृत समाजवादीको ४ हजार १६१ र राप्रपाको ३ हजार ९५३ मत छ । जसका आधारमा साउद २० हजार मतले अघि देखिन्छन् ।

 

कञ्चनपुर-३ मा कांग्रेसका रमेश लेखक र एमालेकी निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २१ हजार ७७२, एमालेको १६ हजार ११७, राप्रपाको ६ हजार ५०३, माओवादीको ५ हजार ९८१ र नेकपा एकीकृत समाजवादीको ३ हजार १२ मत छ । जसले पालभन्दा लेखक ८ हजार १४५ मतले अघि देखाएको छ ।

 

कैलाली-१ मा कांग्रेसका रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीका रंजिता श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीको १७ हजार १९३, कांग्रेसको ११ हजार ६७८, एमालेको १० हजार ३२२, माओवादीको ६ हजार ९३०, राप्रपाको ३ हजार ५६१, जसपाको २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीको २ हजार २३२ मत रहेको स्थानीय निर्वाचनले देखाउँछ । जस आधारमा चौधरी ३ हजार ६४७ मतले अघि देखिन्छन् । यहाँ एमाले–जसपाको गठबन्धन तेस्रो स्थानमा छ ।

 

कैलाली-४ मा कांग्रेसका वीरबहादुर बलायर र एमालेका लेखराज भट्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २२ हजार ९९७, एमालेको २० हजार ८१, माओवादीको १० हजार १२३, नेकपा एकीकृत समाजवादीको ४ हजार २९, राप्रपाको ३ हजार २३४, नागरिक उन्मुक्ति पार्टीको १६४ र जसपाको ६४ मत छ । यो आँकडाले भट्टभन्दा बलायर १७ हजार मतले अघि देखाउँछ ।

 

कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त र एमालेका नारदमुनी रानाबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २२ हजार ७७९, एमालेको १७ हजार ४२०, माओवादीको ८ हजार १७५, नेकपा एकीकृत समाजवादीको २ हजार ९, राप्रपाको एक हजार ७९७, नागरिक उन्मुक्ति पार्टीको ६५९, लोसपाको ३०२ र जसपाको १५० मत छ । जसका आधारमा पन्त १५ हजार ३९३ मतले अगाडि देखिन्छन् ।

(लोकेन्द्र भट्ट/रातोपाटीबाट)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...