YouTube Link

मन्दिर क्षेत्रका पसल हटाउन महानगरको २४ घन्टे अल्टिमेटम

Facebook Link

काठमाडौं: काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने भएको छ ।

यही क्रममा काठमाडौं महानगरपालिकाको २५ नम्बर वडा कार्यालयले असन, इन्द्रचोक क्षेत्रमा मन्दिर र तथा सम्पदा अतिक्रमित गरी सञ्चालन भइरहेका पसल हटाउने अभियान थालेको छ ।

वडा कार्यालयले २४ घन्टे अल्टिमेटम दिँदै मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका पसल हटाउन सूचित गरेको छ ।

इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिरवरिपरिको खास्तो व्यापार, भेडासिंहस्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल (माटोको भाँडाकुँडा)का पसललगायत अन्य व्यापार व्यवसाय हटाउन वडा कार्यालयले अल्टिमेटम दिइएको छ ।

मापदण्डविपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन लागेको महानगरले जनाएको छ ।

गैरकानुनी संरचना भत्काउने अभियानमा मेयर बालेन्द्र साहलाई काठमाडौं महानगरवासीको व्यापक जनसमर्थन मिलेपछि अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ ।

उनको अभियानलाई साथ दिँदै महानगरका वडा कार्यालयहरूले पनि आ-आफ्ना क्षेत्रमा रहेका अनधिकृत संरचना र पसल हटाउन सुरु गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...