नेपाली कांग्रेसका नेताहरू देशभर तालमेलको पक्षमा
वि.सं.२०७९ साउन २३ सोमवार १६:३१
2.3K
shares
काठमाडौं: सत्तारुढ नेपाली कांग्रेसका नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक राखेको थियो ।
बालुवाटारमा बसेको बैठकमा नेताहरूले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरूले कम्तीमा एक सय सिट राखेर चुनावी तालमेल गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकले कम्तीमा एक सय सिट राखेर मात्रै तालमेल गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न सुझाव दिएका छन् ।
पार्टीका तर्फबाट गठबन्धन कार्यदल रहेका सदस्यहरूलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेका थिए ।
वि.सं.२०७९ साउन २३ सोमवार १६:३१



















