नेपालमा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको मृत्यु
वि.सं.२०७९ साउन २३ सोमवार १६:०२
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ५ हजार ६८६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार १६:०२