Rajshow Bivag

कञ्चनपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार

Departmant of helth services

 

काठमाडौं: कञ्चनपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक प्रहरी जवान सहित चार जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-९ का २४ वर्षका सुशील विष्ट, १९ वर्षका लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री, २२ वर्षका प्रेमप्रसाद जैसी रहेको कञ्चनपुरका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । उनका अनुसार जैसी सशस्त्र प्रहरीका जवान हुन् ।

 

उनीहरूले असार २३ गते राति पुनर्वास नगरपालिका-८ की युवतीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

शुक्रबार प्रहरीमा जाहेरी परेपछि आरोपीहरूलाई नियन्त्रणमा लिएको एसपी चौधरीले बताए ।

 

प्रारम्भिक अनुसन्धानबाट ती युवती र आरोप लागेका सुशील विष्टबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । प्रहरीको नियन्त्रणमा रहेका विष्टले युवतीसँगको आफ्नो प्रेम सम्बन्ध स्वीकार गरेको एसपी चौधरीले बताए ।

 

सुशीलले भागेर विवाह गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएको प्रहरीले जनाएको छ । सोही क्रममा उनीहरूलाई देखेर अन्य तीनजनाले पिछा गरेका थिए । युवतीलाई चारैजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको एसपी चौधरीले बताए ।

 

Nishana Seving AD

Sahari Bikash Mantralaya
Alice Education home sports
आइतबारसम्म वर्षाको सम्भवना

आइतबारसम्म वर्षाको सम्भवना

वि.सं.२०८० चैत १६ शुक्रवार १०:२०

  काठमाडौं: तीन दिनसम्म वर्षा हुने जल तथा मौसम विज्ञान...

विवादमा एसपी बढुवा सिफारिस

विवादमा एसपी बढुवा सिफारिस

वि.सं.२०८० चैत १६ शुक्रवार ०९:४३

  काठमाडौं: नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी...

हेर्नुहोस् आज २०८० चैत १६ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० चैत १६ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५०

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

वि.सं.२०८० चैत १५ बिहीवार १०:१३

  काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद...

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

वि.सं.२०८० चैत १५ बिहीवार ०९:५८

  काठमाडौं: हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा...

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

वि.सं.२०८० चैत १५ बिहीवार ०९:२६

  काठमाडौं: नेपाल ‘ए’ टोलीले तीन खेलको टी-२० शृंखला अन्तर्गत...