YouTube Link

गठबन्धन-गठबन्धनको गीत गाउन बन्द गर्नुस्: माधव नेपाल

Facebook Link

काठमाडौं: नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको बलमा चुनाव जित्ने सोचाइ त्याग्न सुझाव दिएका छन् ।

सम्पादकहरुसँग छलफलका क्रममा नेता नेपालले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘गठबन्धन-गठबन्धनको गीत गाउन बन्द गर्नुस् । आफ्नो खुट्टामा उभिनुस्’ नेपालले भने, ‘संगठन निर्माणमा जोड दिनुस् । एक्लै चुनाव जित्ने गरी तयारी गर्नुस् ।’

नेता नेपालले अहिलेको स्थानीय चुनावमा भन्दा आगामी संघीय र प्रदेशको चुनावमा राम्रो मत ल्याउन दाबी पनि गरे । उनले आफ्नो संगठन कमजोर नरहेको बताए ।

सबै ठाउँमा कमिटी बनाउन नसकेको, ७० प्रतिशतको सेरोफेरोमा मात्रै कमिटी बनेको, सबै ठाउँमा उम्मेदवार बनाउन सक्ने अवस्था रहेपनि उम्मेदवार उठाउन नसकिएको अवस्थामासमेत स्थानीय चुनावमा ल्याएको मतपरिणाम उत्सहजनक रहेको उनले बताए ।

गठबन्धनकै कारण पोखरा महागर र हेटौँडा उपमहानगर जित्न सफल भएको उनले बताए ।

मतपत्र बदर नभएको भए काठमाडौं महानगर, तुलसीपुर र इटहरी उपमहानगरको उपमेयर जित्न सक्ने अवस्था रहे पनि उनले बताए ।

नेता नेपालले अहिले मतपत्र बदर भएको अवस्थालाई ध्यान दिँदै आगामी निर्वाचनमा उठेका उम्मेदवारहरु मात्रै भएको चिह्न राख्ने, प्रमुख उपप्रमुख र वडाको छुट्टाछुट्टै मतपत्र बनाउन सुझाव पनि दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...