Rajshow Bivag

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशकबीच भेट

Departmant of helth services

 

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच अर्थमन्त्रालयमा भेटवार्ता भएको छ ।

 

भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए ।

 

‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ’ भेटमा उनले भने । विश्व बैंकले कोभिड-१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको बित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए ।

 

पछिल्लो समय नेपालका लागि विश्व बैंकको बित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ ।

 

सन् १९६९ मा १६ दशमलव ९ लाख अमेरिकी डलरको बित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य शुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए ।

 

‘विश्व बैंकसँगको बित्तीय सहकार्यमा संचालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ’ मन्त्री शर्माले भने । सो अवसरमा आर्थिक बर्ष ०७९/८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले जानकारी गराएका थिए ।

 

‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बन्चितिकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुको रुपमा उल्लेख गरेको छु’ उनले भने ।

 

सो अवसरमा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताए । उनले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि बित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराएकी थिइन ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:३९

  काठमाडौं: नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम...

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:१७

    मेष - Aries चु, चे, चो, ला, लि,...

जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसका लागि न्यूनिकरण सम्बन्धी साझा चासोको मुद्दामा सहकार्य गर्न जोड

जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसका लागि न्यूनिकरण सम्बन्धी साझा चासोको मुद्दामा सहकार्य गर्न जोड

वि.सं.२०८१ वैशाख ११ मंगलवार १८:१९

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने,...

राष्ट्रपति पौडेल र कतारका राजा अमिरबीच भेटवार्ता

राष्ट्रपति पौडेल र कतारका राजा अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:४२

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा अमिर शेख...

राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत

राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:१०

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका राजा अमिर...

कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:००

  काठमाडौं: नेपालसँग कूटनीतिक, आर्थिक एवं जनसम्बन्ध समेत रहेको मित्रराष्ट्र...