YouTube Link

एमसीसीबारे भ्रम चिर्न कांग्रेसले ‘एमसीसी अनुदान सहायता सम्झौता: भ्रम र यथार्थ’ नामक पुस्तक प्रकाशन

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसले अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसी सम्बन्धी भ्रम चिर्नका लागि पुस्तक प्रकाशन गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को ४९ पृष्ठ लामो अनुदान एमसीसी सहायता सम्झौता: भ्रम र यथार्थ नामक पुस्तक प्रकाशन गरेको हो ।

पुस्तिकामा पहिलो खण्डमा ११ प्रश्नको निराकरण समावेश गरिएको छ भने दोस्रो खण्डमा एमसीसीबारेको भ्रम चिर्ने प्रयास कांग्रेसले गरेको छ ।

पुस्तकमा कांग्रेसले एमसीसी अनुमोदन अघिको एक दशक लामो सम्झौता प्रक्रियामा संलग्न केही पार्टी र नेताहरुले दोहोरो चरित्र देखाएकाले एमसीसी गिजोलिएको उल्लेख गरेको छ ।

जसले गर्दा वास्तविकता र आवश्यकताभन्दा एमसीसी जटिल बनेको कांग्रेसले उल्लेख गरेको छ । ‘केही पात्रहरुको दोहोरो प्रवृत्तिका कारण यो विषय यसरी गिजोलिन पुग्यो जसले गर्दा वास्तविकता र आवश्यकता भन्दा धेरै जटिल बन्न गयो । ज–जसले यसलाई गिजोले, जनतामा भ्रम सृर्जना गरे, उत्तेजनाको राजनीति गरे र जुन दोहोरो चरित्र देखाए यसको मूल्याङ्कन आम जनताले गर्ने नै छन्’ पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तकमा एमसीसी सैन्य रणनीति नभएको, नेकपा माओवादी केन्द्र र एमालेको एमसीसी अनुदान सम्झौता र त्यसपछिका दिनहरुमा भूमिका लगायतका विषयमा उल्लेख गरेको छ ।

चुनावी अभियानमा होमिएको कांग्रेसले एमसीसीको बारेको भ्रम चिर्नका लागि उक्त पुस्तक वडा-वडासम्म पुर्‍याउने जनाएको छ ।

हेर्नुहोस् बिस्तृतमाः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...