लामो समयदेखि रोकिएको कोरोना बीमाको रकम भुक्तानी हुँदै
वि.सं.२०७८ चैत २ बुधवार ११:०८
3K
shares
काठमाडौं: लामो समयदेखि रोकिएको कोरोना बीमाको रकम भुक्तानी हुने भएको बीमा समितिले जनाएको छ ।
कोरोना बीमा बापतको बाँकी रकम अर्थ मन्त्रालयले निकासा गर्न लागेपछि कोरोना बीमाको बाँकी रकम भुक्तानी हुन लागेको हो ।
यस अघि ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने दायित्व निजी बिमा कम्पनी र समितिको भएकाले उक्त रकम भुक्तानी भइसकेको छ ।
त्योभन्दा माथिको दाबीको भुक्तानी सरकारले गर्ने सहमति भएको भएपनि सरकारको तर्फबाट रकम निकासा गर्न नसक्दा कोरोनाका बीमितले दाबी पाउन सकेका छैनन् ।
कोरोना बीमा विषम परिस्थितिमा लागू भएको हुनाले अब यसको दायित्व पुन बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले नै दायित्व बहन गर्न पर्ने अबस्था आएको स्रोतले बतायो ।
बीमा समितिको तथ्याङ्क अनुसार हालसम्म कोरोना बीमामा १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ ।
हालसम्म कोरोना बीमा पुलमार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरूबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।
कोरोना बीमा कार्यविधि अनुसार सरकारले अनुदानका रुपमा कोरोना बीमा दावीको बहन गर्ने भनेको ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
वि.सं.२०७८ चैत २ बुधवार ११:०८



















