YouTube Link

ईग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड र एभर्टनको जित, नर्विच र टोटेनहमले खेले बराबरी

Facebook Link

एजेन्सी: ईग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड शीर्ष चार नजिक पुगेको छ । शनिबार राति भएको खेलमा वर्नलीमाथि जित निकाल्दै युनाईटेड तालिकाको शीर्ष चार नजिक पुगेको हो । वर्नलीको घरेलु मैदानमा युनाईटेडले २–० को जित निकाल्न सफल रह्यो । युनाईटेडको जितमा एन्थोनी मार्टियल र मार्कोस रासफोर्डले एक एक गोल गरेका थिए । रासफोर्डले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै युनाईटेडको जित दिलाएका थिए । युनाईटेडले पछिल्लो ६ खेलमा १३ अंक बटुल्न सफल भएको छ । ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

यसैगरी शनिबार राति भएको खेलमा इन्ग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ । एभर्टनले न्युकासल युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । न्युकासलको मैदानमा एभर्टनलाई जित दिलाउन दुवै गोल डोमिनिक काल्भर्ट लेविनले गरे । घरेलु टोलीका फाबियनले एक गोल फर्काए । जितसँगै एभर्टनले २० खेलमा २५ अंक जोडेको छ । एभर्टन लिगको दशौँ स्थानमा रहेको छ । यस्तै अर्को खेलमा वाट्फोर्डले एस्टन भिल्लालाई ३-० ले हराएको छ । साउथह्याम्पटनले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राती नै भएको अर्को खेलमा ब्राईटनसँग वर्नेमाउथ पराजित भएको छ । ब्राईटनको घरेलु मैदानमा भएको खेलमा वर्नेमाउथ २–० गोलले पराजति भएको हो । ब्राईटनको जितका लागि अलिरेजा जहाबख्श र आरोन मोयले समान एक एक गोल गरे । जितसँगै ब्राईटनले २० खेलबाट २३ अंक जोड्दै १३ औं स्थानमा उक्लिएको छ ।

यसैबीच शनिबार राती नै भएको अर्को खेलमा टोटेनहम हट्सपर नर्विच सिटीसग २–२ गोलको बराबरी खेलेको छ । ह्यारी केनले ८३औ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई हारबाट जोगाएका थिए । खेलमा अग्रता भने घरेलु टोली नर्विचले १८ औं मिनेटमा मारियो रसिसको गोलबाट लिएको थियो । क्रिस्टियन ईरिक्सनले ५५ औ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए । सर्ज अरिएले ६१ औं मिनेटमा आत्मघाति गोल गरेपछि नर्विचले खेलमा अग्रता बनाएको थियो । खेलपछि टोटेनहम ३० अंक सहित तालिकाको छैटौ स्थानमा उक्लिएको छ । नर्विच १३ अंक सहित तालिकाको पुछारमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...