फाईनल प्रवेशका लागि पोखरा प्रिमियर लिगमा आज बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच खेल हुँदै
वि.सं.२०७६ पुस १० बिहीवार ०७:२३
1.2K
shares
कास्की: पोखरा प्रिमियर लिग (पीपीएल)मा आज बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ । पोखरा रंगशालामा हुने खेलमा ईलिमिनेटर राउण्डमा दुवै टोली भिड्न लागेका हुन् । विजेता टिम फाईनल प्रवेश गर्नेछ ।
आजको विजेताले उपाधिका लागि शनिबार चितवन राईनोजसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको अन्तिम खेलमा बुटवललाई हराउँदै विराटनगर तेस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा प्रवेश गरेको हो । बुटवल लिग चरणको एक खेल अगाडीनै दोस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा छनोट भईसकेको थियो । तेस्रो स्थानमा रहँदै विराटनगर छनोट हुँदा नेट रनरेटका आधारमा काठमाडौं गोल्डेन प्रतियोगिताबाट बाहिरिन पुग्यो । लिग चरणमा प्रदीप ऐरी नेतृत्वको विराटनगरले पोखरा पल्टन र बुटवललाई पराजित गर्न सफल रह्यो । सोमपाल कामी नेतृत्वको बुटवलले चितवन र विराटनगरसँग पराजित भएको थियो ।
वि.सं.२०७६ पुस १० बिहीवार ०७:२३



















