YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

Facebook Link

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र मनाङ मस्याङ्दी क्लब तथा दोस्रो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल एन्फा कम्प्लेक्समा हुनेछ भने दोस्रो खेल दशरथ रंगशालामा संकटा र जावलाखेलबीच हुनेछ ।

लिगको शीर्षस्थानमा पुग्न मनाङलाई आजको खेलमा बराबरीनै पर्याप्त छ । उसको २ खेलबाट ६ अंक छ । मनाङ गोल अन्तरका आधारमा मछिन्द्र भन्दा पछाडी रहेको छ । यस्तै ब्रिगेड एक जित र एक हारसहित ३ अंक बटुल्दै लिगको सातौं स्थानमा हरेको छ । यता, अपराजित जावलाखेलको पनि २ खेलबाट ४ अंकको रहेको छ ।

जावलाखेललाई पनि संकटाविरुद्ध जित निकाल्दै शीर्षस्थान उक्लने अवसर छ । तर पहिलो खेलमा मनाङ पराजित भएको समिकरण तय हुनुपर्नेछ । संकटा एकमा जित र एकमा हार सहित लिगको आठौं स्थानमा रहेको छ । पुर्व च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई फेरि एक पटक लिगमा अग्रता लिने अवसर छ । मनाङले लिगको तेस्रो चरणमा अधिकांश युवा खेलाडी समावेश गरेको ब्रिगेडसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुबै टिम स्पष्ट तीन अंक हासिल गर्ने लक्ष्य सहित मैदान उत्रने छन् ।

त्यसैगरी लिगको दोस्रो चरणको खेल सकिदाँ जावलाखेल अपराजित छ । त्यही हार विहिन यात्रालाई निरन्तरता दिने लक्ष्य सहित संकटाविरुद्ध मैदान उत्रदैछ । लिगमा जावलाखेल अपराजित रहदाँ संकटा पहिलो खेलमा च्यासल युथसंग पराजित भएको थियो । यता गत सिजनको उपविजेता संकटा पहिलो खेलमै च्यासलसँग पराजित बन्यो । उसले लिगको दोस्रो खेलमा एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो । गत सिजनको उपविजेता संकटा भने जावलाखेलविरुद्ध स्पष्ट तीन अंक लिने दाउमा छ । जावलाखेललाई पराजित गर्दै संकटा लिगको तेस्रो स्थानमा उक्लिन चाहन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...