YouTube Link

नेपाली क्लब एपीएफले आज पाकिस्तानको कराची सिटीसँग खेल्दै

Facebook Link

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपाली क्लब एपीएफले आज पाकिस्तानको कराची सिटीसँग खेल्दैछ । दुई खेलमा चार अंक जोडेको एपीएफले आज तेस्रो खेल खेल्न लागेको हो ।

 

एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा एपिएफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ । आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ । भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ ।

 

इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ । एपिएफले २ खेलमा ४ अंक जोडेको छ र टोली दोस्रो स्थानमा छ । यस्तोमा ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको कराँची सिटी एफसीले आज एपिएफसँग खेल्नेछ ।

 

 

एपिएफ र कराँची सिटीको खे‌ल दिउँसो २ बजे सुरु हुनेछ । लिग चरणको अन्तिम खेल अघि फाइनलमा स्थान सुरक्षित गर्ने सम्भावना‌ बनाउनका लागि एपिएफले आजको खेल जित्नुपर्नेछ । आजको खेलमा हार वा बराबरीले एपिएफले फाइनल पुग्नका लागि इस्ट बंगालसँगको खेल र बाँकी खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

 

एपिएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले हराउँदै दमदार सुरुवात गरेको थियो । तर दोस्रो खेलमा भने भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग बराबरीमा रोकिएपछि आजको खेलमा एपिएफ दबाबमा हुनेछ । ट्रान्सपोर्टको पनि २ अंक छ । नसरिनको १ अंक छ ।

 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता छ । सिंगल राउन्ड रोबिनपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

 

च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् । एन्फाले प्रतियोगिताको लागि दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...