YouTube Link

मिना देउवा बनिन् झापा गोल्डकपकी सर्वोत्कृष्ट खेलाडी

Facebook Link

काठमाडौं: नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । उनले २२औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।

मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनिन् । फाइनलमासहित ३ खेलमा मिनाले ७ गोल गरेकी थिइन् । मिनाले कात्तिक १० गते इरानविरुद्ध खेल्दै राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी थिइन् । पुलिसकै पूजा राना प्लेयर अफ दि म्याच घोषित भइन् ।

त्यस्तै पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर, एपिएफकी मनमाया दमाई उत्कृष्ट डिफेन्डर, एपिएफकी रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, एपिएफकी उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ) उत्कृष्ट फरवार्ड, पुलिसका भोला सिलवाल उत्कृष्ट प्रशिक्षक चुनिए ।

त्रिभुवन आर्मी फुटबल क्लबकी जेनिफर राना मगर उदियमान खेलाडी घोषित भइन् । उत्कृष्टले समान २५ हजार रुपैयाँ प्राप्त गरे । विजेता पुलिसले उपाधिसहित १० लाख १० हजार र एपिएफले ५ लाख रुपैयाँ प्राप्त गर्यो । कात्तिक १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...