YouTube Link

पब्जी विश्वकपमा नेपाली टोली ‘होर ईस्पोर्ट्स’को ऐतिहासिक प्रदर्शन

Facebook Link

काठमाडौं: पहिलोपटक पब्जी मोबाइल विश्वकप (पीएमडब्युसी) मा सहभागी भएको नेपाली टोली ‘होर ईस्पोर्ट्स’ले ऐतिहासिक प्रदर्शन गर्दै नवौं स्थान हासिल गरेको छ । साउदी अरबमा सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा विश्वका शीर्ष १५ टोलीहरूसँग प्रतिस्पर्धा गर्दै होरले कुल एक लाख २७ हजार ५०० अमेरिकी डलर (झन्डै एक करोड ७८ लाख रुपैयाँ) पुरस्कार राशि जितेको हो ।

 

फिनालेमा नवौं स्थानमा रहँदै टोलीले ६० हजार डलर प्राप्त गर्‍यो । त्यसभन्दा अघि सर्भाइभल स्टेजमा शीर्ष स्थानमा रहेबापत २५ हजार डलर, ग्रुप स्टेजमा १३औं स्थानमा रहेर २७ हजार ५०० डलर र एक शो म्याच जितेर थप १० हजार डलर पुरस्कार हात पार्न सफल भएको थियो । होरको टोलीबाट आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरेका थिए । यो नेपाली टोलीको पहिलोपटक विश्वस्तरीय ईस्पोर्ट्स प्रतियोगिता प्रवेश हो, जसले नेपाली गेमिङ क्षेत्रका लागि ठूलो उपलब्धि मानिएको छ ।

 

प्रतियोगिताको उपाधि म्यानमारको याङ्गोन ग्यालेक्टिकोसले १५७ अंक र चार चिकेन डिनरसहित जित्यो । उसले उपाधिसहित ५ लाख अमेरिकी डलर प्राप्त गर्‍यो । चीनको वेबो गेमिङ १४२ अंक साथ दोस्रो स्थानमा रहँदा मंगोलियाको अल्फा गेमिङ १४१ अंकका साथ तेस्रो भयो । मंगोलियाका खेलाडी ‘डक’ प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित हुँदै ५० हजार डलर पुरस्कार जिते ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...