अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१
2.3K
shares
काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले विभागीय टोली एपिएफ फुटबल क्लबबाट खेल्ने भएकी छिन् । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी अन्जनाले एपिएफसँग नयाँ सिजनका लागि सम्झौता गरेकी हुन् ।
अञ्जनालाई नेपाल एपिएफ क्लब अध्यक्ष एसएसपी विकास घिमिरेले सोमबार क्लबमा स्वागत गरेका थिए । उनी आर्मीबाट लामो समयदेखि करारमा खेल्दै आएकी थिइन् । उनी ९ वर्षको आर्मी बसाइपछि एपिएफ गएकी हुन् । रौतहटबाट खेल्दा नै राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी अन्जनाले उमेर समूहमा नेपाली टोलीको कप्तानी गरेकी छिन् । उनले आफ्नो करिअरमा अझ सहयोग पुग्ने लक्ष्यसहित एपिएफको यात्रा तय गरेकी हुन् ।
घरेलु फुटबलमा दबदबा कायम गरिरहेको एपिएफको टोली अन्जनाको आगमनले थप बलियो भएको छ । एन्जिला तुम्बापो सुब्बा ग्रिसमा खेल्न गएपछि सावित्री किसान र झरना डुम्राकोटीले एपिएफको गोलरक्षण सम्हाल्दै आएका थिए ।

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१