Texas College
YouTube Link

जीवन दिने औषधि पसलबाट मृत्यु दिने औषधि वितरण नहोस्: प्रअमनि तामाङ

Facebook Link

काठमाडौं: कोही-कसैले लुकिछिपी लागूऔषधको खरिद-बिक्री गर्छ भने कानूनीरुपमा नेपाल प्रहरी निर्मम बनेर कारबाही गर्ने जनाऊ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले दिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख भएर आएपछि छोटै अविधिमा उपत्यकालाई लागूऔषधमुक्त बनाउँदै ‘सुरक्षित उपत्यका’ बनाउने अभिप्रायका साथ समाजका हरक्षेत्रलाई समेटेर ‘लागूऔषधविरुद्धको महाअभियान’ शुरु गरेका प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशअन्तर्गतका व्यवसायीसँग ‘औषधिजन्य लागूऔषधको दुरुपयोग नियन्त्रण’ विषयक सचेतनामूलक कार्यक्रम गर्दै लागूऔषधविरुद्ध कानूनी रुपमा नेपाल प्रहरी निर्मम रहेको जनाऊ दिएका हुन् ।

 

‘जीवन दिने औषधि पसलबाट मृत्यु दिने औषधि वितरण नहोस्’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बागमती प्रदेशअन्तर्गतका औषधि व्यवसायीले खचाखच भरिएको नेपाल पुलिस क्लबको हलमा आयोजित सचेतनामूलक कार्यक्रममा भने- ‘सप्लाई साइडबाट बन्द भयो भने डिमाण्ड त्यसै कम हुन्छ । प्रहरीले त्यसमा निर्ममरुपमा कानूनी कारबाही गर्छ । उपचारात्मक पद्दति महँगो छ । कारबाही र उपचारमात्र होइन, जनचेतनाको माध्यमबाट लागूऔषधमुक्त समाज निर्माण गर्ने अभिप्रायले ‘लागूऔषधविरुद्धको महाअभियान’ समाजका सरोकारवाला सबै पक्षको प्रतिबद्धतासहित शुरु गरिएको हो ।’

 

 

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले धेरै ठूलो जरो गाडिसकेको लागूऔषध दुर्व्यशनमुक्त समाज निर्माणमा सबै पक्षले हातेमालो गर्नु जरुरी भएको बताए । जीवन विज्ञान केन्द्रसँगको सहकार्यमा बैशाख २ गतेबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयले लागूऔषधविरुद्ध परामर्श सेवा पनि उपलब्ध गराउने भएको छ । ‘अवाञ्छित गतिविधि सहेर होइन, प्रहरीलाई सूचना दिएर सहयोग गर्नुस् । त्यस्तो पाइए कारबाही गर्न प्रहरी प्रतिबद्ध छ’ प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सम्झाए- ‘औषधिको सही प्रयोगले जीवन बच्छ भने गलत प्रयोगले मृत्यु निम्त्याउँछ । ‘लागूऔषधविरुद्धको महाअभियान’ लाई दीर्घकालीन रुपमा अघि बढाउने हाम्रो उद्देश्य छ ।’

 

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले साथी-संगतीका कारण युवा पुस्ता लागूऔषध दुर्व्यशनमा फस्दा व्यक्ति, परिवार र समाजमात्र नभई सिङ्गो देशलाई नै बरबाद पार्ने हुँदा यसविरुद्ध एकताबद्ध भएर लाग्न आग्रह गर्दै लागूऔषध नियन्त्रणमा औषधि व्यवसायीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । अर्का प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषध दुर्व्यशनको अवस्था, नियन्त्रणको प्रयास, प्रहरी कारबाही, प्रहरी कार्यालयहरुको अबको सक्रियता, सरकारी निकायहरुसँग समन्वय, सामाजिक उत्तरदायित्व, ‘लागूऔषधविरुद्धको महाअभियान’ को उद्देश्यबारे प्रस्तुतिकरण दिएका थिए ।

 

सो अवसरमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. ओममूर्ति अनिल, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशका अध्यक्ष ध्रुवनारायण श्रेष्ठलगायतले काठमाडौं उपत्यका प्रहरी कार्यालयले सञ्चालन गरेको ‘लागूऔषधविरुद्धको महाअभियान’ सह्रानीय रहेको र आफूहरुको तर्फबाट यो पवित्र अभियानमा साथ-समर्थन र प्रतिबद्धता रहने प्रष्ट पारेका थिए ।

 

 

यसैगरी सचेतनामूलक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशका अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारी, भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकी र नेपाल औषधि व्यवसायी संघ, काठमाडौं शाखा अध्यक्ष शंकर महर्जन, ललितपुर शाखा अध्यक्ष इन्द्र महर्जन, भक्तपुर शाखा अध्यक्ष नारायण भूषालबीच लागूऔषधविरुद्धको प्रतिबद्धता पत्र आदान-प्रदान गरिएको थियो । स्मरणीय छ, काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा सञ्चालन गरिएको ‘लागूऔषधविरुद्धको महाअभियान’ नेपाल प्रहरीको ऐतिहासिक कार्यक्रमका रुपमा लिइएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड रकम छुट्यायो

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड रकम छुट्यायो

वि.सं.२०८२ माघ २६ सोमवार ११:०८

काठमाडौं: प्रतिनिधिसभा निर्वाचन आउन २४ दिन बाँकी छ । राजनीतिक...

टी-२० विश्वकप: नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

टी-२० विश्वकप: नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०३

काठमाडौं: टी-२० विश्वकप अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको...

दक्षिण एसियामा दीगो शान्ति भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीर विवादको न्यायोचित समाधानविना असम्भव

दक्षिण एसियामा दीगो शान्ति भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीर विवादको न्यायोचित समाधानविना असम्भव

वि.सं.२०८२ माघ २३ शुक्रवार १२:३४

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले संयुक्त राष्ट्र सुरक्षा परिषद्का...

भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीको मृत्यु

भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीको मृत्यु

वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:१३

खोटाङ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी...

निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:०४

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ...

हेर्नुहोस् आज २०८२ माघ २३ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ २३ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ माघ २३ शुक्रवार ०६:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...