YouTube Link

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ

Facebook Link

काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । टोलीलाई आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोलि सिंगापुर पुग्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेका थिए ।

 

नवनियुक्त प्रशिक्षक म्याट रोसको लागि सिंगापुर विरूद्धको मैत्रिपूर्ण खेल पहिलो हुनेछ । नेपालले चैत्र ८ गते सिंगापुर विरूद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस लगत्तै १२ गते एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियसँग खेल्ने तालिका रहेको छ । यी दुई खेलको लागि प्रशिक्षक म्याटले १३ दिनको समय नेपाली टिमलाई प्रशिक्षण दिएका थिए ।

 

प्रशिक्षक म्याटले  यो पटक ३ नयाँ खेलाडी गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरीलाई राष्ट्रिय टोलीमा समेटेका छन् । नेपालले अफगानिस्तानसँग पछिल्लो पटक मैत्रीपुर्ण खेल खेलेको थियो । जुन खेलमा नेपाल २-० को जित निकाल्न सफल भएको थियो । एएफसी एसियन कप छनोटमा नेपाल ग्रुफ ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ ।

 

 

नेपाली टिमः

गोलरक्षक: किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ

 

डिफेन्डर: अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ

 

मिडफिल्डर: रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान

 

स्ट्राइकर: जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...