अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:०७
1.6K
shares
काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । टोलीलाई आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोलि सिंगापुर पुग्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेका थिए ।
नवनियुक्त प्रशिक्षक म्याट रोसको लागि सिंगापुर विरूद्धको मैत्रिपूर्ण खेल पहिलो हुनेछ । नेपालले चैत्र ८ गते सिंगापुर विरूद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस लगत्तै १२ गते एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियसँग खेल्ने तालिका रहेको छ । यी दुई खेलको लागि प्रशिक्षक म्याटले १३ दिनको समय नेपाली टिमलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक म्याटले यो पटक ३ नयाँ खेलाडी गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरीलाई राष्ट्रिय टोलीमा समेटेका छन् । नेपालले अफगानिस्तानसँग पछिल्लो पटक मैत्रीपुर्ण खेल खेलेको थियो । जुन खेलमा नेपाल २-० को जित निकाल्न सफल भएको थियो । एएफसी एसियन कप छनोटमा नेपाल ग्रुफ ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ ।
नेपाली टिमः
गोलरक्षक: किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ
डिफेन्डर: अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डर: रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान
स्ट्राइकर: जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा

वि.सं.२०८१ चैत ५ मंगलवार १७:०७