Health Ad
YouTube Link

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

Khanepani Dhal
Facebook Link

काठमाडौं: संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

 

प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धि पत्र पढेर सुनाउने र तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल २८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन र नेपाल नागरिकता दोस्रो सशोधन विधेयक सदनमा दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । यी विधेयकहरुमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी नागरिकता विधेयक पारित गरिनेछ ।

 

राष्ट्रिय सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राय  वन तथा वातावरण मन्त्रालयसंग सम्बन्धित मौखिक प्रश्नहरूको मन्त्रीहरुले उत्तर दिने कार्यसूची छ । यस्तै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजानिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशाधन गर्न विधेयक, २०८१ टेबुल हुनेछ । अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कुसर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...