Health Ad
YouTube Link

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

Khanepani Dhal
Facebook Link

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै सर्वाधिक कमाउने खेलाडीको सूचीको पहिलो स्थानमा परेका छन् । स्पोर्टस इन्ड्रस्टी न्युज साइट, स्पोर्टिले सार्वजनिक गरेको नयाँ सूचीमा शीर्ष १०० भित्र महिला खेलाडी भने परेका छैनन् ।

 

शीर्ष १०० को सूचीमा फुटबल, एनबीए, एनएफएल, गल्फ र बक्सिङका खेलाडीले वर्चश्व रहेका छन् । यी खेलाडीले संयुक्त रूपमा गत वर्ष ६ दशलमव २ बिलियन अमेरिकी डलर आम्दानी गरेको बताइएको छ । जसमा ४ दशमलव ८ बिलियन डलर पारिश्रमिक र पुरस्कार राशी तथा १ दशलमव ४ बिलियन डलर इन्डोर्समेन्टबाट प्राप्त भएको जनाएको छ ।

 

क्रिस्टियानो रोनाल्डोलाई साउदी प्रो लिग क्लब अल नासारसँगको आकर्षक सम्झौता कारण लगातार दोस्रो वर्ष सर्वाधिक महँगो खेलाडी बनेका छन् । उनको कुल आय २६० मिलियन डलर छ । गत साता आफ्नो ४०औं जन्मदिन मनाएका रोनाल्डोले २१५ मिलियन डलर पारिश्रमिक र ४५ मिलियन डलर इन्डोर्समेन्टबाट कमाएको स्पोर्टिकोले उल्लेख गरेको छ ।

 

दोस्रो स्थानमा एनबीए क्लब गोल्डेन स्टेट वारियर्सका स्टेफन करी छन् । उनको गत वर्षको आम्दानी १५३ दशलमव ८ मिलियन डलर थियो । जुन रोनाल्डोको भन्दा १०० मिलियन डलरभन्दा बढीले कम हो । बिट्रिस बक्सर टाइसन फ्युरी १४७ मिलियिन डलरका साथ तेस्रो स्थानमा रहे । शीर्ष पाँचभित्र अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पनि छन् । उनको आम्दानी १३५ मिलियन डलर छ ।

 

एन्जल्स लेकर्सका फरवार्ड लेवोर्न जेम्स पाँचौं स्थानमा परेका छन् । उनी एनबीए खेल्ने एक मात्र ४० वर्षका एथ्लिट हुन् । शीर्ष १०० भित्र २७ देशका आठ खेलका खेलाडी परेका छन् । २०२३ मा अमेरिकाकी टेनिस खेलाडी कोको गौफ महिलातर्फ सर्वाधिक कमाउने खेलाडीको सूचीमा परेकी थिइन् । यो पटक भने महिला खेलाडी शीर्ष एक सयभित्र पर्न सकेनन् ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

वि.सं.२०८१ चैत ७ बिहीवार १०:००

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...