YouTube Link

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

Facebook Link

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै सर्वाधिक कमाउने खेलाडीको सूचीको पहिलो स्थानमा परेका छन् । स्पोर्टस इन्ड्रस्टी न्युज साइट, स्पोर्टिले सार्वजनिक गरेको नयाँ सूचीमा शीर्ष १०० भित्र महिला खेलाडी भने परेका छैनन् ।

शीर्ष १०० को सूचीमा फुटबल, एनबीए, एनएफएल, गल्फ र बक्सिङका खेलाडीले वर्चश्व रहेका छन् । यी खेलाडीले संयुक्त रूपमा गत वर्ष ६ दशलमव २ बिलियन अमेरिकी डलर आम्दानी गरेको बताइएको छ । जसमा ४ दशमलव ८ बिलियन डलर पारिश्रमिक र पुरस्कार राशी तथा १ दशलमव ४ बिलियन डलर इन्डोर्समेन्टबाट प्राप्त भएको जनाएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई साउदी प्रो लिग क्लब अल नासारसँगको आकर्षक सम्झौता कारण लगातार दोस्रो वर्ष सर्वाधिक महँगो खेलाडी बनेका छन् । उनको कुल आय २६० मिलियन डलर छ । गत साता आफ्नो ४०औं जन्मदिन मनाएका रोनाल्डोले २१५ मिलियन डलर पारिश्रमिक र ४५ मिलियन डलर इन्डोर्समेन्टबाट कमाएको स्पोर्टिकोले उल्लेख गरेको छ ।

दोस्रो स्थानमा एनबीए क्लब गोल्डेन स्टेट वारियर्सका स्टेफन करी छन् । उनको गत वर्षको आम्दानी १५३ दशलमव ८ मिलियन डलर थियो । जुन रोनाल्डोको भन्दा १०० मिलियन डलरभन्दा बढीले कम हो । बिट्रिस बक्सर टाइसन फ्युरी १४७ मिलियिन डलरका साथ तेस्रो स्थानमा रहे । शीर्ष पाँचभित्र अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पनि छन् । उनको आम्दानी १३५ मिलियन डलर छ ।

एन्जल्स लेकर्सका फरवार्ड लेवोर्न जेम्स पाँचौं स्थानमा परेका छन् । उनी एनबीए खेल्ने एक मात्र ४० वर्षका एथ्लिट हुन् । शीर्ष १०० भित्र २७ देशका आठ खेलका खेलाडी परेका छन् । २०२३ मा अमेरिकाकी टेनिस खेलाडी कोको गौफ महिलातर्फ सर्वाधिक कमाउने खेलाडीको सूचीमा परेकी थिइन् । यो पटक भने महिला खेलाडी शीर्ष एक सयभित्र पर्न सकेनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...