भारतको क्यालिकट हिरोजले उचाल्यो काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको उपाधि

वि.सं.२०८१ मंसिर २९ शनिवार १९:५५
1.3K
shares
काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ । घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सेटमा हराउँदै क्यालिकटले उपाधि जित्न सफल भएको हो ।
घरेलु टोली हेल्प नेपाल विरूद्ध २५-२१ ले पहिलो सेट क्यालीकटले जित्यो । दोस्रो सेटमा हेल्प नेपाल खेलमा फर्कन सफल रहयो । दोस्रो सेट २६-२४ ले जित्दै खेललाई १-१ को बराबरीमा पुर्यायो । तेस्रो सेटमा हेल्प नेपालले लय गुमायो । हेल्प नेपाल सबै पक्षमा कमजोर रहयो । क्यालिकट अटयाकमा अब्बल रहयो । हेल्प नेपाल डिफेन्स र ब्लकमा नराम्ररी चुक्यो । जसले गर्दा २५-१४ र २५-१७ ले लगातार तेस्रो र चौथो सेटमा पराजित गर्दै क्यालीकटले सानदार जित निकाल्दै उपाधि कब्जा गर्न सफल रह्यो ।
क्यालिकट लिग चरणमा तेस्रो हुँदै र नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा क्यालीकटले इरानलाई र हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई हराएर उपाधि भिडन्त पक्का गरेका थिए ।

वि.सं.२०८१ मंसिर २९ शनिवार १९:५५