YouTube Link

पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै, दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिष्पर्धा

World Cup 2026
Facebook Link

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेलहरु हुँदै छन् । कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्ससँग खेल्नेछ ।

 

चार खेलमा पराजित लुम्बिनी आज दबाबमा छ । आजको खेल पनि गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

 

चितवन भने ४ खेलमा ३ जित र १ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । सुरुवाती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो । पछिल्लो खेलमा भने चितवनले प्रतियोगिताकै बलियो मानिएको टोली सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।

 

आज दोस्रो खेलमा कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा एभेन्जर्सले सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सको सामना गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । सुरुवाती २ खेलमा हार बेहोरेर प्रतियोगिताको खराब सुरुवात गरेको कर्णालीले पछिल्लो २ खेल भने जितेको छ ।

 

कर्णाली ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ । जनकपुर र काठमाडौंसँग पराजित कर्णालीले विराटनगर र चितवनमाथि जित निकालेको थियो । ३ खेलमा पोखरा २ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले पछिल्लो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...