शारडा ग्रपले एनपिएलका उत्कृष्ट नेपाली खेलाडीलाई गाडी पुरस्कार दिने
वि.सं.२०८१ मंसिर १२ बुधवार ०८:०१
357
sharesकाठमाडौं: मंसिर १५ गतेदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा ग्रपले गाडी प्रदान गर्ने भएको छ ।
एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो । सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाबीच हस्ताक्षर भएको छ । उत्कृष्ट खेलाडीले कस्तो गाडी पाउने भन्ने अहिले प्रष्ट रहेको छैन । त्यसबारे क्यान र शारडा ग्रुपले छिट्टै जानकारी दिने क्यानका सचिव पारस खड्काले बताए ।
एनपिएलको पहिलो संस्करणमा ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ ।
वि.सं.२०८१ मंसिर १२ बुधवार ०८:०१