YouTube Link

श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल बन्यो समूह विजेता, सेमिफाईनलमा भारतसँग भिड्ने

Facebook Link

काठमाडौं: साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे ।

 

Photo Source: ANFA (Facebook Page)

 

नेपाल र भुटानको समान ७-७ अंक भएपनि गोलअन्तरमा नेपाल १ गोलले अघि रहँदै समूह विजेता बनेको हो । अब सेमिफाइनल खेल आइतबार हुनेछ । पहिलो सेमिफाइनल दिउँसो १:३० बजे बंगलादेश र भुटानबीच हुनेछ । दोस्रो सेमिफाइनलमा साँझ ५:३० बजे नेपाल र भारत भिड्नेछन् ।

 

Photo Source: ANFA (Facebook Page)

 

पहिलो हाफमै ४ गोल गरेको नेपालले दोस्रो हाफको सुरुवाती समयमा नै पाँचौ गोल गर्यो । त्यसपछि भने नेपालले अर्को गोल थप्न लगातार आक्रमण सिर्जना गरेपनि अग्रता बढाउन सकेन । इन्ज्युरी समयमा रश्मीकुमारी घिसिङले हेडरमार्फत गोल गर्दै नेपालको ६-० को जित पक्का गरिन् ।

 

Photo Source: ANFA (Facebook Page)

 

खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो । ११औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । १३ औं मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् । ३७ औं मिनेटमा साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले हल्का छुँदै गोलको दिशा दिइन् र नेपालले ४-० को अग्रता लियो । । दोस्रो हाफको सुरुवाती मिनेटमै नेपालले पाँचौ गोल थप्यो । खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा रश्मीले गोल गर्दै नेपालको समूह विजेता पक्का गरिन् ।

Photo Source: All Nepal Football Association-ANFA (Facebook Page)

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...