YouTube Link

श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल बन्यो समूह विजेता, सेमिफाईनलमा भारतसँग भिड्ने

Khanepani Dhal
Facebook Link

काठमाडौं: साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे ।

 

Photo Source: ANFA (Facebook Page)

 

नेपाल र भुटानको समान ७-७ अंक भएपनि गोलअन्तरमा नेपाल १ गोलले अघि रहँदै समूह विजेता बनेको हो । अब सेमिफाइनल खेल आइतबार हुनेछ । पहिलो सेमिफाइनल दिउँसो १:३० बजे बंगलादेश र भुटानबीच हुनेछ । दोस्रो सेमिफाइनलमा साँझ ५:३० बजे नेपाल र भारत भिड्नेछन् ।

 

Photo Source: ANFA (Facebook Page)

 

पहिलो हाफमै ४ गोल गरेको नेपालले दोस्रो हाफको सुरुवाती समयमा नै पाँचौ गोल गर्यो । त्यसपछि भने नेपालले अर्को गोल थप्न लगातार आक्रमण सिर्जना गरेपनि अग्रता बढाउन सकेन । इन्ज्युरी समयमा रश्मीकुमारी घिसिङले हेडरमार्फत गोल गर्दै नेपालको ६-० को जित पक्का गरिन् ।

 

Photo Source: ANFA (Facebook Page)

 

खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो । ११औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । १३ औं मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् । ३७ औं मिनेटमा साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले हल्का छुँदै गोलको दिशा दिइन् र नेपालले ४-० को अग्रता लियो । । दोस्रो हाफको सुरुवाती मिनेटमै नेपालले पाँचौ गोल थप्यो । खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा रश्मीले गोल गर्दै नेपालको समूह विजेता पक्का गरिन् ।

Photo Source: All Nepal Football Association-ANFA (Facebook Page)

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ फागुन १ बिहीवार ०७:०६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

वि.सं.२०८१ माघ ३० बुधवार १५:१८

काठमाडौं: नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

निजामती सेवा विधेयकको दफा ५ पास

निजामती सेवा विधेयकको दफा ५ पास

वि.सं.२०८१ माघ ३० बुधवार १४:५४

काठमाडौं: निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ...