YouTube Link

लिग चरणको अन्तिम खेलमा आज दुई खेलहरु हुँदै, पहिलो खेलमा माल्दिभ्स र भुटान तथा दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै

Khanepani Dhal
Facebook Link

काठमाडौं: साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा १:३० बजे माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साँझ ५:३० बजे नेपाल र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ ।

 

आजको नतिजाबाट समूह ‘बी’को विजेता बन्ने टोलीले समूह ‘ए’को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ भने समूह ‘बी’को उपविजेता बन्ने टोलीले समूह ‘ए’को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अहिलेसम्मको प्रदर्शन र आँकडा हेर्दा नेपालको सेमिफाइनलमा भारतसँग भेट हुने सम्भावना देखिएको छ । समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११-० को भारी गोल अन्तरले पराजतिग गरेको थियो ।

 

दुई खेलको समाप्तिमा नेपाल र भुटान दुवैको समान ४-४ अंक छ भने श्रीलंकाको ३ अंक छ । दुवै खेल हारेर अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको माल्दिभ्सका लागि भुटानसँगको खेल औपचारिकता मात्र सीमित हुनेछ । तर त्यही खेल भुटानका लागि महत्त्वपूर्ण छ । खेल भुटानले जिते उसको ७ अंक हुनेछ भने बराबरीले ५ अंक या हारले ४ अंकमै सीमित बन्नेछ ।

 

अन्तिम खेलमा नेपालसँग श्रीलंकालाई भने अर्को चरणमा जान खेल जित्नै पर्नेछ । सो खेल जितेमा नेपालको प्रतियोगिताबाटै बाहिरिने पनि सम्भावना हुन सक्छ । तर श्रीलंकालाई भुटानले पनि सहजै जितेको र भुटानसँग बराबरी खेले पनि नेपालले एकपक्षीय खेल पस्किएकाले उसका सामु श्रीलंकाको जितको सम्भावना असम्भव देखिन्छ ।

 

नेपाल ६ वटा संस्करणमा ५ वटामा उपविजेता र एउटामा सेमिफाइनलमा रोकिएको थियो । श्रीलंका सन् २०१२ को दोस्रो, सन् २०१४ को तेस्रो, सन् २०१९ को ५ औँ र सन् २०२२ को छैटौँ संस्करणमा गरी ३ पटक सेमिफाइनलमा रोकिएको थियो । श्रीलंकाविरुद्ध नेपालले सन् २०१२ मा ३-० ले  र सन् २०१९ मा ४-० ले श्रीलंकालाई पाखा लगाएर फाइनल यात्रामा ‘ब्रेक’ लगाइदिएको थियो ।

 

सन् २०१४ मा समूहचरणमै नेपालद्वारा श्रीलंका पराजित भएको थियो । सो संस्करणमा श्रीलंका सेमिफाइनल पुगेपनि भारतसँग पराजित भएको थियो । सन् २०१६ मा पनि श्रीलंका भारतसँग १-० गोल अन्तरले पराजित हुन पुग्यो । सन् २०२२ को गत संस्करणमा पनि श्रीलंका नेपालसँग ६-० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । श्रीलंकाले नेपाललाई अहिलेसम्म जित्न सकेको छैन भने नेपाली पोष्टमा गोल पनि गर्न सकेको छैन ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३५

काठमाडौं: आइसिसी यु-१९ महिला विश्वकपमा नेपालले आज घरेलु टोली मलेसियासँग...

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...