YouTube Link

लिग चरणको अन्तिम खेलमा आज दुई खेलहरु हुँदै, पहिलो खेलमा माल्दिभ्स र भुटान तथा दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै

Facebook Link

काठमाडौं: साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा १:३० बजे माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साँझ ५:३० बजे नेपाल र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ ।

 

आजको नतिजाबाट समूह ‘बी’को विजेता बन्ने टोलीले समूह ‘ए’को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ भने समूह ‘बी’को उपविजेता बन्ने टोलीले समूह ‘ए’को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अहिलेसम्मको प्रदर्शन र आँकडा हेर्दा नेपालको सेमिफाइनलमा भारतसँग भेट हुने सम्भावना देखिएको छ । समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११-० को भारी गोल अन्तरले पराजतिग गरेको थियो ।

 

दुई खेलको समाप्तिमा नेपाल र भुटान दुवैको समान ४-४ अंक छ भने श्रीलंकाको ३ अंक छ । दुवै खेल हारेर अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको माल्दिभ्सका लागि भुटानसँगको खेल औपचारिकता मात्र सीमित हुनेछ । तर त्यही खेल भुटानका लागि महत्त्वपूर्ण छ । खेल भुटानले जिते उसको ७ अंक हुनेछ भने बराबरीले ५ अंक या हारले ४ अंकमै सीमित बन्नेछ ।

 

अन्तिम खेलमा नेपालसँग श्रीलंकालाई भने अर्को चरणमा जान खेल जित्नै पर्नेछ । सो खेल जितेमा नेपालको प्रतियोगिताबाटै बाहिरिने पनि सम्भावना हुन सक्छ । तर श्रीलंकालाई भुटानले पनि सहजै जितेको र भुटानसँग बराबरी खेले पनि नेपालले एकपक्षीय खेल पस्किएकाले उसका सामु श्रीलंकाको जितको सम्भावना असम्भव देखिन्छ ।

 

नेपाल ६ वटा संस्करणमा ५ वटामा उपविजेता र एउटामा सेमिफाइनलमा रोकिएको थियो । श्रीलंका सन् २०१२ को दोस्रो, सन् २०१४ को तेस्रो, सन् २०१९ को ५ औँ र सन् २०२२ को छैटौँ संस्करणमा गरी ३ पटक सेमिफाइनलमा रोकिएको थियो । श्रीलंकाविरुद्ध नेपालले सन् २०१२ मा ३-० ले  र सन् २०१९ मा ४-० ले श्रीलंकालाई पाखा लगाएर फाइनल यात्रामा ‘ब्रेक’ लगाइदिएको थियो ।

 

सन् २०१४ मा समूहचरणमै नेपालद्वारा श्रीलंका पराजित भएको थियो । सो संस्करणमा श्रीलंका सेमिफाइनल पुगेपनि भारतसँग पराजित भएको थियो । सन् २०१६ मा पनि श्रीलंका भारतसँग १-० गोल अन्तरले पराजित हुन पुग्यो । सन् २०२२ को गत संस्करणमा पनि श्रीलंका नेपालसँग ६-० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । श्रीलंकाले नेपाललाई अहिलेसम्म जित्न सकेको छैन भने नेपाली पोष्टमा गोल पनि गर्न सकेको छैन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...