YouTube Link

नेपाल विद्युत प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन

Facebook Link

काठमाडौं:  नेपाल विद्युत प्राधिकरणले ३४ उद्योगको लाइन काटिदिएको छ । मुलुक चर्को लोडसेडिङमा रहेका बेला राजनीतिक र प्रशासनिक सेटिङमा २४ घण्टासम्म बिजुली खपत गरेका तर प्रिमियम महसुल पचाउन खोजेका यी उद्योगको लाइन प्राधिकरणले काटिदिएको हो ।

 

महसुल नतिरेका ७ उद्योगका हकमा भने अदालतले अन्तरिम आदेश दिएको पाइएको छ । यस्तो आदेश लिएका उद्योगको लाइन प्राधिकरणले काटेको छैन । किस्ताबन्दी सुविधामा महसुल तिर्न थालेका ६ र हिसाब मिलान गर्न सकिने दुई सार्वजनिक संस्थानको लाइन पनि प्राधिकरणले काटेको छैन । प्राधिकरणले बिजुलीको बक्यौता बिल नबुझाएमा लाइन काट्ने वा किस्ताबन्दीमा भएपनि बक्यौता बुझाउन विकल्प दिएपछि विभिन्न ८ वटा उद्योगहरूले प्राधिकरणसँग किस्ताबन्दीमा बिलको बक्यौता बुझाउन समझदारी गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणले असोज २४ गते २०७२ माघदेखि ०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रंकलाइन बापतको बिजुली प्रयोग गरेर बक्यौता बाँकी राखेका ४९ वटा उद्योगहरूलाई बक्यौता बुझाउन कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो । तर, सो समयसम्म पनि ती उद्योगहरूले बक्यौता नबुझाएपछि प्राधिकरणले फेरि बिजुलीको लाइन काट्न थालेको जनाएको छ । डेडिकेटेड र ट्रंकलाइन जोडेर बिजुली प्रयोग गरेका उद्योगहरू र प्राधिकरणको बीचमा बक्यौताको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...