YouTube Link

नेपाल विद्युत प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन

Facebook Link

काठमाडौं:  नेपाल विद्युत प्राधिकरणले ३४ उद्योगको लाइन काटिदिएको छ । मुलुक चर्को लोडसेडिङमा रहेका बेला राजनीतिक र प्रशासनिक सेटिङमा २४ घण्टासम्म बिजुली खपत गरेका तर प्रिमियम महसुल पचाउन खोजेका यी उद्योगको लाइन प्राधिकरणले काटिदिएको हो ।

 

महसुल नतिरेका ७ उद्योगका हकमा भने अदालतले अन्तरिम आदेश दिएको पाइएको छ । यस्तो आदेश लिएका उद्योगको लाइन प्राधिकरणले काटेको छैन । किस्ताबन्दी सुविधामा महसुल तिर्न थालेका ६ र हिसाब मिलान गर्न सकिने दुई सार्वजनिक संस्थानको लाइन पनि प्राधिकरणले काटेको छैन । प्राधिकरणले बिजुलीको बक्यौता बिल नबुझाएमा लाइन काट्ने वा किस्ताबन्दीमा भएपनि बक्यौता बुझाउन विकल्प दिएपछि विभिन्न ८ वटा उद्योगहरूले प्राधिकरणसँग किस्ताबन्दीमा बिलको बक्यौता बुझाउन समझदारी गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणले असोज २४ गते २०७२ माघदेखि ०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रंकलाइन बापतको बिजुली प्रयोग गरेर बक्यौता बाँकी राखेका ४९ वटा उद्योगहरूलाई बक्यौता बुझाउन कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो । तर, सो समयसम्म पनि ती उद्योगहरूले बक्यौता नबुझाएपछि प्राधिकरणले फेरि बिजुलीको लाइन काट्न थालेको जनाएको छ । डेडिकेटेड र ट्रंकलाइन जोडेर बिजुली प्रयोग गरेका उद्योगहरू र प्राधिकरणको बीचमा बक्यौताको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०५:५८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

वि.सं.२०८२ असार २७ शुक्रवार १२:५०

काठमाडौं: माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम...

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

वि.सं.२०८२ असार २७ शुक्रवार १२:३६

काठमाडौं: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि...

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

वि.सं.२०८२ असार २६ बिहीवार १४:३०

काठमाडौं: गत आर्थिक वर्षको तुलनामा यस वर्ष नेपालको अर्थतन्त्र चार...

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

वि.सं.२०८२ असार २६ बिहीवार १४:११

काठमाडौं: नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टीको केन्द्रीय अनुशासन समितिले...

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

वि.सं.२०८२ असार २६ बिहीवार ०९:४८

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा...