Health Ad
YouTube Link

एन्जिलाले युरोपियन क्लव निस एट्रोमिटोउबाट व्यवसायिक फुटबल खेल्ने

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन् । एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४/०२५ को सिजनका लागि सम्झौता गरेकी हुन्‌ । उनले केही साता अघि नै सम्झौता भएको जानकारी दिइन् ।

 

उनले भनिन् ‘उत्साहित छु । पहिलादेखि कोशिस गरिरहेको थिए । गोलकिपरले यसै पनि मौका पाउन गाह्रो छ । तर उचाई मात्रले‌ मात्र फरक पर्दैन भन्ने प्रमाणित गर्नुछ, सेप्टेम्बर २९ बाट सिजन सुरु हुने भएकोले क्लबले छिटो आउनु भनेको छ । भिसा प्रक्रिया भइरहेको छ । साउदी अरबबाट अफर आएको छ । तर पहिला युरोपको मौका मिस नगरौ भन्ने हो ‌।’

 

दक्षिण एसियाली मुलुक बाहिर एञ्जिलाले पहिलो पटक खेल्ने अवसर पाएकी हुन् । उनले यसअघि भारतमा दुई सिजन र पाकिस्तानबाट एक सिजन लिग खेलेकी थिइन् । युरोपमा व्यवसायिक फुटबल खेल्ने उनी दोस्रो खेलाडी बन्नेछिन् । राष्ट्रिय टोली र‌ एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब अन आभान्टे ग्वेङगाम्पबाट दोस्रो सिजन खेल्ने तयारीमा छिन् । राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबकी रेखा पौडेल‌ यो सिजन अबुधाबी काउन्ट्री क्लबमा आबद्ध छिन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...